हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एक्काइसौं शताब्दीको सुरुवातदेखि विश्व फुटबलमा निकै प्रचलित रहेको मध्येको एक हो ४-२-३-१ फर्मेसन।
वर्तमान परिप्रेक्ष्यमा निकै रुचाइएको ४-३-३ शैलीको नातेदार पनि भनिन्छ यो फर्मेसनलाई।
आक्रमक र रक्षात्मक दुवै हिसाबले यो फर्मेसन निकै सन्तुलित मानिने गरिन्छ।
४-३-३ जस्तै देखिने भएपनि, नयाँ अभ्यास र नयाँ सिद्धान्तले यसलाई फरक रुप प्रदान गर्दछ।
यसमा पनि ४-३-३ कै जस्तो ४ डिफेन्डिंग खेलाडी, ३ मिडफिल्डर र ३ अट्याकिंग खेलाडी हुने गर्दछन।
तर मिडफिल्डमा हुने समायोजनले यसलाई भिन्न स्वरूप दिन्छ र पिचको मध्य भागमा टोलिलाई अन्य फार्मेसनको तुलनामा कडा बनाउँदछ।
यो फर्मेसनमा मुख्य गरि दुई डिफेन्सिभ मिडफिल्डरले आफ्ना दुई सेन्टरब्याकलाई कभर प्रदान गर्दछन।
अर्का मिडफिल्डर ‘नम्बर १०’ को रोलमा आफ्ना विंगर तथा सेन्टर फरवार्डलाई सपोर्ट प्रदान गर्दछन।
बिपक्षीको फाइनल थर्ड देखि लाइन ब्रेक गर्ने जिम्मेवारी यिनै १० नम्बरमा खेल्ने अट्याकिन्ग मिडफिल्डरको जिम्मेवारी हुने गर्दछ।
विपक्षीको रणनीति र खेल्ने शैलीका हिसाबले दुई फुल ब्याकले चाहेको खण्डमा आफ्नो टोलीलाई बढी रक्षात्मक बनाउन मद्दत गर्दछन्।
दुई डिफेनसिभ मिडफिल्डर सँगै चारजना रक्षात्मक खेलाडीको संमिश्रणले कुनैपनि विपक्षीलाई गोल निकाल्न कठिन बनाउँदछ।
बल स्वामित्व नहुँदा विंगरहरु खुम्चिन पुग्दा, यो फर्मेसन पिचको मध्यभागमा डायमण्ड बन्न पुगी निकै कम्प्याक्ट आकार बनाउदछ।
जसले गर्दा सेन्ट्रल भागमा विपक्षीले खुलेर खेल्न पाउदैनन र पिचको वाइड भागतर्फ धकेललिने गर्दछन।
आक्रामण गर्दा टिममा भएका दुवै फुल्ब्याकले विंगरलाई अझ माथि जान प्रेरित गर्ने र विंगरले भित्रि भाग लिँदा वाईड स्पेसबाट क्रस प्रदान समेत गर्न सक्छन।
विंगरहरुको भूमिका भनेको विपक्षीको ब्याक लाइनलाई खुम्चाएर, फाइनल थर्ड तथा वाइड च्यानलमा फुल ब्याकलाई खाली ठाउँ प्रदान गर्नु रहन्छ।
अटयाकिंग मिडफिल्डर भने विपक्षीको लाइनको बीचमा रहेर मुभमेन्ट देखाईरहेका खेलाडीहरुलाई डिफेन्स चिर्न मद्दत गर्ने संगै लाइन ब्रेक गर्नु रहन्छ।
दुई डिफेन्सिभ मिडफिल्डर खेलको अवस्था हेरेर विल्ड अप देखि डिफेन्ड गर्न दुवै भूमिकामा उत्तिकै माहिर हुनुपर्दछ।