हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई आफ्नो प्राथमिकतामा राखेको छ।
नेपाल सरकारले आउँदो सत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मतका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताएको छ।
यसअघि भरतपुर उपमहानगरपालिकाकि मेयर दाहालले पनि महानगरले यो परियोजनालाई मुख्य प्राथमिकता दिने बताइसकेकी छिन्।
कोभिड महामारी तथा बजेट अभावका कारण थलिएको यस परियोजनालाई धुर्मुस सुन्तली फाउण्डेशनले विस्तार गरेको थियो।
३० हजार दर्शक क्षमता सहित अन्य कबडहल तथा अभ्यास मैदान सहितको अन्तर्राष्ट्रियस्तरको परियोजना, नेपालकै सबैभन्दा आधुनिक खेलमैदान रहने अपेक्षा गरिएको थियो।
करिब ३ अर्ब लागतमा तयार पारिने गरी शुरु गरिएको यस परियोजनालाई गतवर्ष धुर्मुस सुन्तली फोन्डेसनले बजेट अभावका कारण काम ठप्प बनाएको थियो।
अपेक्षित रकम जुटाउन नसकेपछि धुर्मुस सुन्तली फाउनडेसनले नेपाल सरकार तथा महानगरलाई यसको स्वामित्व लिन बारम्बार आग्रह गरेपनि दुवै तर्फबाट आवश्यक पहल भने गरिएको थिएन।
मैदानमा अहिलेसम्म जमिन सम्याएर दुबो रोप्ने देखि लिएर पिलर हाल्ने तथा पिच बनाउने कार्य गरेर लगभग १५ प्रतिशतभन्दा बढी कार्य सम्पन्न भइसकेको छ।