“सन्यास बारे सोचेको छैन, राष्ट्रका लागि अझै खेल्छु” : ज्ञानेन्द्र मल्ल

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान ज्ञानेन्द्र मल्ल हाल राष्ट्रिय टोलीमा देखिने गरेका छैनन्। 

एक समय राष्ट्रिय टोली भित्र गुटबन्दी रहेका कारण सन्दीप लामिछाने र ज्ञानेन्द्र मल्ल बिचको सम्बन्धमा पनि तिक्तता उत्पन्न भएको विषय बाहिरिएको थियो। 

टी-ट्वान्टी विश्वकप छनोट प्रतियोगितामा राम्रो प्रदर्शन गर्न नसकेपछि सम्पूर्ण टोलीले नै आलोचनाका ज्ञानेन्द्र मल्ल पनि समावेश थिए। 

तर केही समययता उनको अनुपस्थितिले निरन्तरता पाइरहँदा कतै उनको करियरलाई समाप्त भएको त हैन भन्ने दुबिधा उत्पन्न भएका छन्।

यसैबीच कान्तिपुर टेलिभिजनसँग भर्खरैको अन्तर्वार्तामा आफ्नो करियरको अन्त्य नभएको र राष्ट्रले चाहेको खण्डमा टोलीबाट खेल्न तयार रहेको बताएका छन्। 

टोलीमा सधैं कमजोरीको विषय बन्ने ब्याटिङको मुद्दामा बोल्दै ज्ञानेन्द्रले नेपाली टोलीमा ब्याटिङ क्षमता विकसित गर्नका लागि टिमले धेरैभन्दा धेरै खेल्नु पर्नेमा जोड दिए। 

एकदिवसीय खेल महिने प्रतिस्पर्धाका लागि केही स्तरमा पुग्नका लागि नेपाली टोलीले देश तथा विदेशमा धेरै भन्दा धेरै क्रिकेट खेल्न आवश्यक भएको बताए। 

क्यानको खेलाडी वर्गीकरणमा असन्तुष्ट जनाउँदै प्रेस-विज्ञप्ति गरेपछि नेपाल क्रिकेट संघले उनलाई कप्तानी पदबाट हटाएको थियो। 

उक्त विषयमा बोल्दै पूर्वकप्तान मल्लले आफू यस विषयमा तयारी अवस्थामा रहेको र यस्ता अवस्था सिर्जना हुन्छन् सिक्दै जानु पर्ने जोड दिए। 

” कतै कतै यस्तै हुन्छ कि पनि लागि रहेको थियो, र म एस्को लागि तयार थिए । जिन्दगि भनेको यस्तै हो, माथि तल भई रहन्छ तर त्यसबाट पनि हामीले राम्रा कुरा लिएर अगाडि जानु पर्दछ। ” 

कुनै पनि खेलाडीले एउटा निश्चित समयमा आफ्नो करिअरको सबैभन्दा उत्कर्ष समय बिताउँछन् र त्यसपश्चात प्रदर्शन एकैनासको हुन सक्दैन। 

उक्त विषयमा बोल्दै आफ्नो पनि करिअरको सबैभन्दा उत्कर्ष समय बिते पनि अझै पनि टोलीलाई सहायता गर्नसक्ने कुरा बताए। 

खेलाडीहरूको वर्गीकरण र तलब लिएर प्रश्न उठाएर लगत्तै मानिसहरुले आलोचना गरेका र व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि अनावश्यक विवाद झिकेको भन्ने प्रश्नमा बताउँदै:

“आफ्नो हक अधिकार को लागि आवाज उठाएको हो, त्यसैले कुनै गल्ती गरे जस्तो लाग्दैन । कसैले आफ्नो स्वार्थ को लागि, क्यानलाई नराम्रो बनाउन लाई कुरा उठायो भन्नु भयो, तर खासमा संघलाई राम्रो बनाउन लाई उठाइएको कुरा हो।” उनले बताए।

प्रशिक्षक तथा क्यानका पदाधिकारीसँग लगातार सम्पर्कमा नभएपनि आफुले राष्ट्रको लागि सदैव खेल्ने चाहनालाई भने स्पष्ट पारे। 

सँगै मिडियामा आफू खेल्नका लागि तयार नभएको जस्ता टिकाटिप्पणीका बारेमा बोल्दै :

” म एउटा खेलाडी हूँ, त्यसैले मैले किन खेल्दिन भन्थे र ? नराम्रो फर्ममा समेत खेलेको मान्छे, अहिले झन् किन खेल्दिन भन्थे र? म मेरो शरीरले भ्याएसम्म देशको लागि खेल्न तयार छु । “

जुन सुकै समय मा अब सन्यास लिन सक्नु हुन्छ भन्ने हल्ला पनि आयो, तर तपाईंलाई सन्यास लिने विचार आएको छ या छैन? भन्ने प्रश्नमा बोल्दै ज्ञानेन्द्रले भन्छन:

” टोलीलाई आबस्यक पर्यो भने म अवस्य खेल्छु, सन्यास बारे केही सोचेको छैन अहिलेको लागि।” 

 

Leave a Reply

Next Post

सन् २०११ देखि फेरिएको सिटि र युनाईटेडको कहानी

Mon Jun 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षयता निकै विश्वस्तरिय फुटबल प्रदर्शन गरिरहेको निलो म्यानचेस्टरको कहानी यति लोभलाग्दो एक बेला थिएन। म्यानचेस्टर तेरो र मेरो भन्ने तछाड मछाडमा रातो म्यानचेस्टर ( म्यान युनाईटेड) को तौल सन् २०१० दशकको सुरुवात सम्म निकै भारी थियो।  एउटै शहरमा दुई ठूला क्लब भएपछि प्रतिद्वन्दिता नहुने […]
%d bloggers like this: