हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डर्टमण्डबाट यसै सिजन म्यानचेस्टर सिटि भित्रिएका भित्रिएका हालान्ड, प्रिमियर लिगमा अहिलेका हटकेक रहेका छन्।
अग्ला, गतिशील, शारीरिकरुपमा अब्बल र गोल गर्ने क्षमतामा निकै प्रखररहेका एरलिंगको आगमनमा सारा विश्व फुटबल जगतले चासो देखाएको छ।
पूर्व बार्सिलोना तथा स्पेनी प्रशिक्षक पेप ग्वार्डीयोलाको आगमनसँगै घरेलु फुटबलमा लगातार इतिहास रचिरहेको सिटीका लागि यो अनुबन्ध निकै महत्वपूर्ण मानिएको छ।
पछिल्ला पाँच सिजनमा चारपटक इंग्लिस च्याम्पीयन हुँदा सिटीले युरोपियन फुटबलमा एकपटक मात्र फाइनल खेलेको छ।
लो ब्लक तथा मैदानमा स्पेस नदिने बिपक्षी विरुद्ध सिटिले प्रायः संघर्ष गर्ने गरेको सिटिलाई युरोपेली फुटबलमा यो समस्याले निकै सताएको छ।
यस्तो अवस्थामा एरलिंग निकै प्रभाबशाली बन्न सक्छन। उनिसंग एक सेन्टर फरवार्डसंग हुनु पर्ने हरेक गुण रहेको छ।
अग्ला कदका शारीरिक रुपमै अब्बल भएका एरलिंग, म्यानचेष्टर सिटिका लागि वास्तबमै उत्कृस्ट आगमन हुन भन्दा फरक पर्दैन।
विपक्षीको हाफ स्पेस संगै बक्समा पनि हालान्डको उपस्थिति निकै डरलाग्दो देखिन्छ। डर्टमण्डका लागि गरेका ८३ मध्ये ६० गोल बक्स भित्र आएका छन्।
लो ब्लक विरूद्ध एरिअल टार्गेट बन्दै उनले विपक्षी विरुद्ध क्रस तथा सेट पिसमा आफ्नो कलाकारिता देखाउन सक्छन।
सेट पिस देखि लिएर ओपन/इन्टर प्लेमा पनि निकै अब्बल रहेका उनको सटीक क्षमता, म्यान्चेस्टर सिटीका लागि बहुउपयोगी साधन बन्न सक्नेछन्।
हालान्डलाई अर्को उचाईमा पुर्याउन प्रमुख हतियार, म्यान्चेस्टर सिटीका लागि उत्कृष्ट प्रदर्शन गरिरहेका केभिन डी ब्रुन बन्नेछन्।
पछिल्ला ५ सिजनमा म्यान्चेस्टर सिटीका लागि प्रिमियर लिगमा ६५ भन्दा बढि एस्सिस्ट तथा ४० बढी गोल गरिसकेका मिडफिल्डर डी ब्रुन करियरकै सबैभन्दा उच्च लयमा छन्।
आक्रमण खेलमा निकै कुशलता देखाउने केभिनले बनाउने “हाफ चान्सेस” लाई गोलमा परिणत गर्ने खालका खेलाडी हुन हालान्ड।
सम्पूर्ण विशेषता हुँदाहुँदै प्रिमियर लिगमा र विशेषगरी आफ्नो प्रशिक्षक संग खेल्दा उनले आफ्नो खेलमा पनि केही अनुकूलन देखाउनुपर्ने हुन्छ।
जर्मनी र इंग्ल्यान्डको लिगमा खेल प्रकार फरक हुने भएकाले उनलाई आफ्नो खेललाई सहि ठाउँमा ल्याउन केहि समय लाग्न सक्नेछ।
बुन्डेसलिगामा जसरी उनले तल्लो स्तरका टोलि संग मैदानमा धेरै स्पेस पाउँथे प्रिमियर लिगमा त्यसै अवस्था उनलाई निकै कम मिल्नेछ।
अझ सिटि विरुद्ध प्रिमियर लिगका क्लबहरुले प्राय लो ब्लक खेल्ने गर्दछन्।
अर्कोतिर पेप आफ्ना खेलाडीका पोजिसनलाई निकै सुक्ष्म तरिकाले निर्धारण गर्दछन्।
प्रेसिंग कस्तो तरिकाले गर्ने र कसरि गर्ने भन्ने बारेमा पनि उनलाई नौलो अभ्यास हुन सक्छ। लाइनको विचमा आफ्नो मुभमेन्ट लगायत थुप्रै कुराहरुमा उनले ध्यान दिनुपर्ने हुन्छ।
जसअन्तर्गत उनले कतिबेला वान टच पास गर्ने र कतिबेला बल होल्ड गर्ने जस्ता कुरालाई ख्याल राख्नुपर्ने हुन्छ।