हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले नयाँ सिजनको सुरुवात शानदार ढंगले गर्न सफल भएका छन्।
आफ्नो प्रमुखहरु रोजाइका रुपमा जर्मन टोली बोरुसियाबाट भित्राएका एरलिंगले म्यानचेष्टर सिटीको जितमा दुबै गोल गर्न सफल भए।
गत साता लिभरपुल विरुद्धको कम्युनिटी फाइनलमा खासै प्रभाव जमाउन नसकेका एरलिंगले वेस्ट ह्याम विरूद्ध भने आफ्नो कौशल प्रस्तुत गरे।
लगातार तेस्रो प्रिमियर लिगको उपाधिसँगै युरोपियन ट्रफीमा पनि नजर राखेको म्यानचेष्टर सिटीका लागि हालान्डको प्रभाव महत्वपूर्ण हुने देखिन्छ।
आफ्नो पहिलो खेल खेलेको सिटिलाई जित दिलाए पश्चात, प्रशिक्षकले उनलाई फुटबल स्टार मेस्सी संग तुलना गरे।
उनको प्रभाबशाली प्रदर्शनका बारेमा बोल्दै म्यानचेष्टर सिटीका प्रशिक्षक पेपले उनि भित्र मेस्सीको जस्तै फुटबलको भोक रहेको बताएका छन्।
“म मेस्सीको प्रबन्धकको बन्न पाउँदा भाग्यशाली थिए। जब उसले दुई गोल गर्थ्यो उसलाई तीन चाह्यो र जब तीन गोल गर्यो, उसले चार चाह्यो।”
” उत्कृस्ट खेलाडीहरु कहिल्यै सन्तुष्ट हुँदैनन्, तिनीहरू सधैं भोकाएका हुन्छन् र थप चाहन्छन्।”
गत हप्ता लिभरपुलसँग सिटीको कम्युनिटी शिल्डमा पराजयमा धेरै अवसर गुमाएपछि हालान्ड केही आलोचना भएका थिए।
यस विषयमा बोल्दै प्रशिक्षक पेपले आलोचनालाई स्वीकार गर्दै अगाडि बढ्न सकेको उनको प्रशंसा गरेका थिए।
“मलाई थाहा छ उसले यस हप्ता कसरी धेरै आलोचनाहरू ह्यान्डल गर्यो,” सिटी प्रबन्धकले थपे।
“उनि साँच्चै शान्तथिए, ट्रेनिंगमा राम्रो संग तयारी गरे।”
“र त्यो एकदम राम्रो संकेत हो। यति विश्वस्त हुन। मलाई यो मनपर्छ।”
एरलिंगको आगमनसँगै म्यानचेष्टर सिटीले आफ्नो प्रमुख खेलाडी हात पारेको भने अधिकांशको बुझाई भएतापनि, उनि एक्लै सवै प्रश्नको उत्तर नरहेको पेपले स्पस्ट परेका छन्।
खेलमा प्रत्यक्ष प्रभाव पार्न सफल भए संगै उनले टोलिको गुणस्तरमा नयाँ आयाम ल्याएको, तर हरेक दृष्टिकोणबाट टोलिलाई सबल बनाउनु पर्नेमा उनको जोड रहेको थियो।