हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। ट्रान्सफर विण्डो सकिन केहि समयमात्र बाकीरहदा दैनिक रुपमा खेलाडी र सम्झौता हुन सम्भावित क्लबहरु बारे चर्चा परिचर्चा हुने गरेको छ।
सोहि कुरालाइ बिचार पुर्याउदा, लियोनेल मेस्सी देखि लिएर क्रिस्टियानो रोनाल्डो, किलीयन एम्बाप्पे देखि लिएर एर्लिंग हलाण्ड र पल पोग्बा देखि लिएर ह्यारी केनसम्म, हरेक नया दिन नया चर्चा आउने गरेको छ।
ह्यारी केन आफ्नो व्यक्तिगत समस्याका कारण दुइ दिन लगातार टटेन्हाम हट्स्परको प्रशिक्षणमा उपस्थित हुन सकेनन। सोहि कुरालाइ लिएर सामाजिक संजालमा खलबली मच्चियो।
म्यानचेस्टर सिटिसंग निकटिदै गरेको उनको नया डिललाइ लिएर मार्केटमा अगाडीबाटै माहोल तात्तिरहेको थियो र सल्काउने काम गर्यो केनको दुइ दिनको अनुपस्थितिले।
चौतर्फी रुपमा फैलिएको यस खबरले गम्भीर मोड लिएपछि आज एक पत्र मार्फत ह्यारी केनले यस सम्बन्धिमा स्पष्टीकारण दिए :
स्पर्समा मैले आफ्नो डेब्यु गरेको लगभग १० बर्ष भैसकेको छ र सो दश बर्षको हरेक पल मलाइ मेरो क्लब र मेरा समर्थकहरुले निरन्तररुपमा मलाइ साथ्, सहयोग र माया दिरहेका छन्।
त्यहिकारण यस हप्ता मैले देखेका प्रतिक्रियाहरुले मलाई एकदम दुखि तुल्याएको थियो। प्रशिक्षणको कुरा गर्दा मैले मेरा समर्थक र मेरा टीम मेम्बर लाइ असर पर्ने कहिले पनि गरेको छैन र गर्दिन पनि।
त्यसैले अहिले अवस्थासम्म चाहि म टटेन्हामको खेलाडी हु र मेरो क्लबलाइ छोड्ने कुनै पनि चाहना छैन।