भारत विरुद्ध दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीले दोस्रो ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पनि जित निकालेको छ।

पहिलो टी ट्वान्टी खेलमा ७ विकेटको विशाल जित दर्ता गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा ४ विकेटको रोमाञ्चक जित हात पारेको हो। 

भारतले दिएको १४९ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकी टोलीले १८.२ ओभरमा ६ विकेटको नोक्सानीमा पुरा गर्यो।

भारतीय पेस बलर भुवनेश्वर कुमारले उत्कृष्ट बलिङ गरेपछि २९ रनमा ३ विकेट गुमाएको दक्षिण अफ्रिकाले उत्कृष्ट पुनरागमन गर्दै जित निकाल्न सफल भयो।

लगातार दोस्रो जित दर्ता गर्ने क्रममा दक्षिण अफ्रिकाका विकेटकिपर ब्याट्सम्यान हेनरिक क्लासेनले ४६ बलमा ८१ रनको उत्कृस्ट परि खेले।

त्यसैगरी कप्तान टेम्बा बभुमाले ३० बलमा ३५ रन बनाए भने मध्यक्रममा ब्याट्सम्यान डेभिड मिलरले १५ बलमा २० रनको अविजित पारी खेले।

भारतका तर्फबाट भुवनेश्वर कुमारले ४ ओभरमा केवल १३ रन खर्चेर ४ विकेट लिए पनि हार टार्न बाट भने असफल भए।

लेग स्पिनर यजुभेन्द्र चाहलले ४ ओभरमा ४९ रन खर्चिदै १ विकेट लिए भने अर्का पेस बलर हर्शल पटेलले ३ ओभरमा १७ रन खर्चदै १ विकेट लिए।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीका लागि शीर्ष ब्याट्सम्यानहरुले राम्रो प्रदर्शन गर्न सकेनन्।

माथिल्लो क्रमका ब्याट्सम्यानहरुले औसत प्रदर्शन गरेपछि निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै केवल १४८ रन बनाएको थियो।

भारतका लागि सर्वाधिक रन बनाउने क्रममा श्रेयस अईयरले सर्वाधिक ४० रनको पारी खेले भने ओपनर इशान किशनले ३४ रन बनाए।

मध्यक्रममा ब्याटिङ गर्न आएका दिनेश कार्तिकले २१ बलमा ३० रनको आक्रामक पारी खेल्दा भारतले १४८ रन जोड्न सक्यो।

भारतलाई अौसत रनमै समेट्ने क्रममा दक्षिण अफ्रिकी बलरले राम्रो प्रदर्शन गरे।

अफ्रिकाका लागि कागीसो रबाड़ा, वेन पार्नेल, ड्वेन प्रेटोरियस र केशब महाराजले समान एक एक विकेट लिए भने एनरीक नोरतेले दुई विकेट चट्काए।

 

 

 

Leave a Reply

Next Post

हालान्डको उत्कृस्ट प्रदर्शन संगै नर्वेको शानदार जित

Mon Jun 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीका युवा खेलाडी एरलिंग हालान्डले उत्कृस्ट प्रदर्शन गरे सँगै नेसन्स लिगमा नर्वेले शानदार जित निकालेको छ। लिग बि को समूह ४ मा शीर्ष स्थानमा कायम राख्ने क्रममा नर्वेले स्वीडेनलाई पराजित गर्दै अर्को लिगमा बढुवा हुने सम्भावना बलियो भएको छ। एक दशकपछि स्वीडेनलाई लगातार दोस्रो खेलमा पराजित […]
%d bloggers like this: