आइपिएल २०२२: पहिलो प्लेअफमा आज गुजरात र राजस्थान प्रतिस्पर्धा गर्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारी इन्डियन प्रिमियर लिगको प्लेअफ अन्तर्गत पहिलो खेलमा आज गुजरात र राजस्थान भिड्दैछन्। 

हार्दिक पान्डयाको नेतृत्वमा रहेको गुजरात ले यस सिजनको आइपिएल समूह चरण पहिलो स्थानमा समाप्त गरेको थियो। 

जारी सिजनमा १४ खेल मध्ये १० खेल जितेको गुजरातले केवल चारमा पराजय बेहोरेको थियो। 

सन्जु स्यामसनको नेतृत्वमा रहेको राजस्थान रोयल्सले भने दोस्रो स्थान हात पार्दै प्लेअफमा सहभागिता जनाउन सफल भएको हो। 

राजस्थान रोयल्सले १४ खेल्दा ९ मा जित र पाँचमा पराजय बेहोर्दै दोस्रो स्थान हात पारेको थियो।

यस सिजन यी दुवै टोलीले एकपटक मात्र प्रतिस्पर्धा गर्दा गुजरातले राजस्थानलाई ३७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो। 

आज पनि सोही जितको आत्मविश्वासलाई जारी राख्दै गुजरात सहज जितका साथ फाइनल प्रवेश गर्न चाहन्छ। 

गुजरातका लागि यस सिजन उसको ब्याटिङ्ग अर्डरले निकै राम्रो साथ दिइरहेका छन।

माथिल्लो क्रममा सुभमन गिलले पारी सम्हाल्दा, मध्यक्रममा कप्तान हार्दिकले टोलीलाई महत्वपूर्ण खेलहरुमा राम्रो ब्याटिंग गर्न सफल भएका छन्।

यससँगै टोलीमा अन्य व्याट्सम्यान डेभिड मिलर र राशिद खानको केमियो पारीले गुजरातलाई आवश्यक परेको खण्डमा आक्रामक पारी दिलाउन सक्छन।

स्पिन बलिङमा पनि राशिद खानले टोलीलाई महत्वपूर्ण समयमा विकेट दिलाईरहँदा पेस बलर मोहमद सामी केही महङ्गा सावित भए पनि उनले पनि आवश्यक समयमा टोलीलाई विकेट दिलाइरहेका छन्। 

अर्कोतिर राजस्थान रोयल्स आफ्ना माथिल्लो क्रमका ब्याट्सम्यान जोस बटलरको पारीमा निकै निर्भर रहेको छ।

यस संस्करणको सुरुवाती खेलमा निकै आकर्षक पारी खेलेपनि पछिल्ला केही समययता भने उनी खराब फर्मबाट गुज्रिरहेका छन्। 

तर भारतीय स्पिनर रविचन्द्रन आश्विन संगै तल्लो क्रमका ब्याट्सम्यान हेटमेयरले पछिल्ला केही समययता उत्कृष्ट लयमा भएका कारण प्रत्यक्ष फाइदा राजस्थानलाई हुनेछ।

बलिङतर्फ यजीवेन्द्र चाहलले स्पिन बागडोर सम्हाली रहँदा पेस बलर बोल्ट र प्रसिद् कृष्णाको फर्म भने चिन्ताको बिषय बन्न सक्नेछ।

Leave a Reply

Next Post

बल्ल बल्ल प्रतियोगिताको घोषणा गर्यो, अन्तिममा सरेको सरै

Tue May 24 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो जेठ २२ बाट हुने भनेको आठौ राष्ट्रिय खेलकूद प्रतियोगिता पुनः सरेपछि प्रतियोगिता हुने नहुने अन्योल थप बढेको छ।  गण्डकी प्रदेशमा हुने भनिएको नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता सरेको यो तेस्रो पटक हो। मौसम तथा प्रतिकुल समयको कारण देखाउँदै राष्ट्रिय खेलकुद परिषद्ले जेठमा हुने भनेको राष्ट्रिय खेलकुद अझ  […]
%d bloggers like this: