हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वमै सर्वाधिक रुचाईएको टि-ट्वेन्टी क्रिकेट प्रतियोगिता आइपिएलको प्रसारण अधिकारको लिलामी प्रक्रिया जारि छ।
निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगका लागि सन् २०२३ देखि २०२७ सम्मको सत्रका लागि अहिले बोली लागिरहेको छ।
जसमा आईपीएलको टिभी अधिकारको लागि सबैभन्दा ठूलो बोली भारु ५९ करोड (झन्डै ६.३ मिलियन अमेरिकी डलर) को लागेको छ।
टेलिभिजन अधिकारका लागि लगाइएको बोली अहिलेको आधार मूल्य भारु ३३ करोड भन्दा झन्डै १७ प्रतिशत बढी हो।
प्रत्येक सिजनमा ७४ खेलहरूका लागि, पाँच वर्षको लागि टिभी अधिकार प्याकेजको मूल्य भारु २१,२७५ करोड (लगभग २.७२ बिलियन डलर) लागेको छ।
यसका साथै डिजिटल अधिकारको लागि कुल १७,७६० करोड भारु ( २.२७ बिलियन लगभग) लागेको छ।
नयाँ चक्रका लागि यसरी आकासिएको बोलीले इन्डियन प्रिमियर लिग संसारकै सबैभन्दा बढी कमाई गर्ने लिग मध्येको एक बन्न सफल भएको छ।
प्रसारण अधिकार र डिजिटल अधिकार गरेर दुबैको मूल्य प्याकेजमा झन्डै ३९ हजार करोड (५ बिलियन डलर लगभग) को कुल संख्या अघिल्लो पटकको अधिकार मूल्य भन्दा २.४ गुणा र १३९% बढी हो।
लिलामी प्रक्रियामा चर्को बोली लागेसँगै अब इण्डियन प्रिमियर लिगले प्रति खेलमा इङलिस प्रिमियर लिगको भन्दा बढी कमाई गर्ने भएको छ।
ईपीएलमा एक खेलको मुल्य लगभग ८६ करोड रुपैयाँ हो ।
तर आईपीएलको एक खेलको मुल्य १ सय ५ करोडमा गैसकेको छ । अब एनएफएल (अमेरिकी फुटबल लिग)को एक खेलको कमाई आईपीएल भन्दा अघि छ।
आइपिएल तथा भारतीय क्रिकेट बोर्डले अहिले सर्वाधिक बोली लगाउने कम्पनीहरुको नाम खुलाएको छैन।
यसरी प्रसारण अधिकार १०० प्रतिशतले वृद्धि भएसँगै भारतीय क्रिकेट बोर्ड अझै सम्पन्न बन्न सफल भएको छ।