योर्गन क्लप बने सिजनको उत्कृस्ट प्रशिक्षक

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| लिभरपुलका प्रबन्धक जुर्गन क्लोपलाई २०२१/२२ को लागि प्रिमियर लिग प्रबन्धक अफ द सिजन र एलएमए म्यानेजर अफ द इयर घोषित गरिएको छ।

जर्मन प्रशिक्षकले करियरमा दोस्रो प्रिमियर लिगको उपाधि जित्नबाट पुनः एकपटक बन्चित भएका छन्।

रेड्स सिजनको रोमाञ्चक अन्तिम दिनमा च्याम्पियन म्यानचेस्टर सिटीसँग मात्र एक अंकले पराजित भयो।

लिग उपाधि जित्ने अभियानमा असफलता हात पारेपनि लिभरपुलले यस सिजन घरेलु दुई उपाधि जितिसकेको छ।

लिग कप र एफ.ए कपको उपाधि जितिसकेको लिभरपुलले आउँदो आइतबार च्याम्पियन्स लिगमा रियल मड्रिडको सामना गर्दैछ। 

चेल्सीलाई दुबै अवसरमा पेनाल्टीमा मात दिएको रेड्स यसपटक शिर्ष ४ उपाधि जित्ने अभियानमा रहेको थियो।

शनिबारको च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड विरुद्ध अझ रोमान्चक हुने अपेक्षा गरिएको छ।

स्पेनी लिग च्याम्पियन विरुद्ध रेड्सले २०१८ को संस्करणमा आफ्नो हारको बदला खोज्ने दाउमा रहेको छ।

क्लोपले यसअघि २०१९/२० सिजनमा प्रिमियर लिग र एलएमए म्यानेजर अफ द इयर अवार्ड जितेका थिए। 

उनले त्यसबखत क्लबको ३० वर्षको प्रतिक्षालाई शीर्ष डिभिजन उपाधि जित्दै खडेरीको अन्त्य गरेका थिए।

उसको दोस्रो सफलताले उनलाई कडा प्रतिद्वन्द्वी पेप गार्डियोलाको नजिक जाने अवसर प्राप्त भएको छ।

पेप ग्वार्दियोलाले आफ्नो डेब्यु पश्चात पछिल्लो पाँच बर्षमा ३ पटक प्रिमियर लिगको उत्कृस्ट म्यानेजरको अवार्ड जितिसकेका छन्।

पेपले आइतबार एस्टन भिल्लालाई ३-२को  रोमाञ्चक कमब्याक जितेर सिटीलाई पाँच सिजनमा चौथो प्रिमियर लिग उपाधि जिताएका थिए।

२ सिजन अघि मात्र लिभरपुलले म्यानचेस्टर सिटि बिरुद्ध एक अंकको मात्र भिन्नताले प्रिमियर लिगको उपाधि जित्ने अर्को अवसर गुमाएको थियो।

आइतबार पेरिसमा आयोजना हुने च्याम्पियन्स लिग फाइनल योर्गन क्लोपको चौथो फाईनल रहेको छ। जसमा दुइपटक उपविजेता भएका छन् भने एकमा बिजेता बनेका छन्।

 

 

Leave a Reply

Next Post

एसियन कप छनौट: राष्ट्रिय फुटबल टोलि कतार प्रस्थान

Wed May 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप २०२३ छनोटको तयारीका लागि नेपाली राष्ट्रिय फुटबल टोली आज कतार प्रस्थान गरेको छ। कुवेतमा आयोजना हुने छनोट अघि तयारी स्वरूप नेपाली टोली कतार प्रस्थान गरेका हो। यसघि साफ च्याम्पियनशिपको तयारी पनि नेपालले कतारमै गरेको थियो। नेपाली टोलीले करिब ९ दिन कतारमा तयारी गर्ने छन्। […]
%d bloggers like this: