केल्भिन फिलिप्स म्यानचेस्टर सिटिमा अनुबन्धित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर सिटीले लीड्सका मिडफिल्डर काल्भिन फिलिप्सका लागि ४५ मिलियन पाउण्डको सम्झौता गरेको छ।

म्यान्चेस्टर सिटीका डिफेन्सिभ मिडफिल्डर फर्नानडीन्होले क्लब छाडेपछि सिटीले फिलिप्स भित्र्याएको हो। 

पेप गार्डियोलाले डिफेन्सिभ मिडफिल्डमा आफ्ना विकल्पहरूलाई बलियो बनाउन उत्सुक छन्।

त्यसैकारण २६ वर्षीया इंग्लिस खेलाडी फिलिप्स गत महिना देखि सिटिको राडारमा रहेका थिए।

लीड्ससँग सहमति भइसकेको छ भने आउँदो सप्ताह सम्म यो सम्झौता पूरा हुने इंग्लिस रिपोर्टहरुले बतएका छन्।

सम्झौताको श्रृङ्खलामा सिटीले समग्रमा ४५ मिलियन पाउण्ड भुक्तान गर्नेछ जसमा ३ मिलियन बोनस रहन सक्ने बताईएको छ।

प्रिमियर लिग च्याम्पियन सिटिले यसअघि बोरुसिया डर्टमुन्डबाट एर्लिंग हालान्डको हस्ताक्षर पूरा गरिसकेका छन्।

अर्को ट्रान्सफरमा चाँडै नै ब्राइटन र होभ एल्बियन फुल-ब्याक मार्क कुकुरेला इतिहाड स्टेडियममा सामेल हुने सम्भावना छ।

फिलिप्स भने हालको नेसन्स लिग खेलहरूमा इङ्गल्याण्डका लागि खेलेपछि उनी हाल छुट्टीमा छन्। उनि फर्किएपछि सिटीको टोलीमा सामेल हुनेछन्।

लीड्स एकेडेमीबाट आएका फिलिप्सले अहिले सम्म क्लबका लागि २३४ पटक उपस्थिति जनाईसकेका छन्।

मार्सेलो बिएल्साको नेतृत्वमा प्रिमियर लिगमा प्रोमोसन प्राप्त गरेपछि उनको प्रदर्शनको बारेमा चर्चा चुलिएको थियो।

उक्त सिजनमा उनको फर्मले उनलाई ग्यारेथ साउथगेटको इङ्गल्याण्डको टोलीमा स्थान बनाउन मद्दत गरेको थियो।

उनकै राम्रो प्रदर्शनको कारण इंग्ल्याण्डले युरोकपमा फाइनल सम्म को यात्रा तय गरेको थियो। 

फिलिप्सले यूरो २०२० मा उत्कृस्ट प्रदर्शन गरे, तर उनको २०२१/२२ सिजन भने उनलाई चोटले बाधा पुर्‍यायो। 

चोट पछि उनले लीड्सका लागि प्रिमियर लिगमा मात्र २० खेल खेले।

यसैबीच, लीड्सले उच्च मूल्याङ्कन गरेको १८ वर्षीय डार्को ग्याबीलाई करिब ५ मिलियन पाउण्डको छुट्टै सम्झौतामा साइन गर्ने तयारी गरेको छ।

 

Leave a Reply

Next Post

'अर्जेन्टिनी टोलीमा मेस्सीको स्थान मात्र सुरक्षित'

Sun Jun 26 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनाका स्टार खेलाडी एन्जेल डी मारियाले आउँदो कतार विश्वकपका लागि राष्ट्रिय टोलीमा मेस्सिको स्थान मात्र सुरक्षित रहेको बताएका छन्। हालसालै पेरिस सेन्ट जर्मनबाट सम्झौता पूर्ण भएपछि फ्री ट्रान्सफरमा रहेका डी मारियाले अन्य खेलाडीहरुले भने स्थान बनाउन आफुलाई प्रमाणित गर्नुपर्ने बताए। उनले क्लब स्तरमा आफ्नो भविष्यको बारेमा अनिश्चितताको […]
%d bloggers like this: