हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आउँदो सोमबार लिभरपुलले कट्टर प्रतिद्वन्दी म्यानचेस्टर युनाईटेड विरुद्ध सिजनकै महत्वपूर्ण खेल खेल्दैछ।
दुबै पक्षका समर्थकहरुका लागि यो खेल निकै महत्वपूर्ण मानिने गरीन्छ र एक अर्काका बारेमा खासै राम्रो भन्ने चलन छैन।
तर पत्रकार सम्मेलनमा भने लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले टेन ह्याग प्रति सहानुभूति जनाएका छन्।
अहिले सम्म केवल दुई खेलमा मात्र सहभागिता जनाएका म्यानचेस्टर युनाइटेडका प्रशिक्षक माथि चर्को आलोचना भएपछि क्लोपले मुख खोलेका हुन।
यसै सिजन डच टोली आयक्सबाट युनाईटेड आएका टेन ह्यागले दुबै खेलमा पराजय बेहोर्दै पछिल्लो चार दशकमै सबैभन्दा खराब सुरुवात गरेका छन्।
ब्रेंटफोर्ड विरुद्ध ४-० को लज्जास्पद हार बेहोरेपछि टकस्पोर्टमा ग्याब्रियल एबगोनलाहोरले, टेन ह्यागको शैली र मानसिकता प्रति चर्को विरोध गरेका थिए।
उनकै भनाईलाई उधृत गर्दै क्लोपले उनले खेलाडीको रुपमा लिभरपुल विरूद्ध ६ गोल खाएको घटना सम्झाउँदै उनी पनि मानसिक रूपमा सबल नभएको बताए।
पुरानै खेलाडीले यस्तो नकारात्मक प्रतिक्रियाको बाढी ल्याउँदा आफू छक्क परेको र उनलाई फोन गरेर उक्त खेल सम्झाउन समेत ठिक्क परेको कुरा बताए।
लिभरपुलका लागि पनि पछिल्ला दुई खेल राम्रो हुन सकेको छैन दुबै खेलमा अङ्क बाडेको लिभरपुल हाल तालिकामा १२औँ स्थानमा छ।
क्लोपले प्रि-सिजनमा लिभरपुललाई ४-० ले जितेका टेन ह्यागसँग पनि स्पष्ट योजना रहेको विश्वास गर्छन्।
“उनी के गर्न चाहन्छन् भन्ने कुरा स्पष्ट छ, ऊ टोलि बलियो बनाउन चाहन्छ। हामीले प्रि-सिजन [बैंककमा ४-० हार] मा खेल्यौं, उक्त खेलमा हाई प्रेसिंग देख्न र महसुस गर्न सकिन्थ्यो।”
“हामी पक्कै पनि त्यो खेलका लागि तयार थिएनौं… हामीले केही गल्तीहरू गरेका थियौं तर उनीहरूले त्यसलाई राम्रोसँग प्रयोग गरे।”
युनाइटेडको अगाडिको गुणस्तर खतरनाक छ। मैले [एन्थोनी] मार्शलले खेल्न सक्छ भन्ने सुनेको छु, उसले हाम्रो विरुद्ध प्रि सिजनमा राम्रो खेलेको थियो।” उनले बताए।