हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली स्टार खेलाडी किलियन एम्बाप्पेले आफ्नो यूरो २०२० को आलोचनाको कारण राष्ट्रिय टोली लगभग छोडेको स्वीकार गरेका छन्
प्रतियोगितामा फ्रान्सेली टोलीको अप्रत्यासित हारसँगै एम्बाप्पे जातीय दुर्व्यवहारको शिकार भएका थिए।
आफ्नै राष्ट्रलाई प्रतिनिधित्व गर्दा समेत आफु रंगभेदी तथा जातीय दुर्वव्यवहारको शिकार भएपछि, लेस ब्लुसबाट सन्यास लिन खोजेको प्रस्ट पारेका छन्।
फ्रान्सेली फुटबल महासंघका अध्यक्ष नोएल ले ग्रेटलेले जर्नल डु दिमान्चेले यसै साता अन्तर्वार्तामा एम्बाप्पेले आँफु समक्ष खेल्न नचाहेको बताएका थिए।
“एमबाप्पे क्रोधित थिए र क्रोधित प्रशंसकहरूको आलोचनाको सामना गरेपछि आफ्नो देशको लागि फेरि खेल्न चाहेनन।” उनको भनाई थियो।
२३ वर्षीय खेलाडीले गत वर्षका चार खेलमा कुनै पनि गोल गर्न सकेनन् फलस्वरुप फ्रान्स स्विट्जरल्यान्डसँग अन्तिम १६ मा बाहिरिएको थियो।
पेरिस सेन्ट जर्मेनका फरवार्ड एम्बाप्पेले निर्णायक स्पट किक गुमाएपछि वर्तमान विश्व च्याम्पियन पेनाल्टी सुटआउटमा पराजित भएको थियो ।
एमबाप्पेले ट्विटरमा ले ग्रेटको टिप्पणीको जवाफ दिँदै भने: “हो, मैले उहाँलाई स्पष्ट रूपमा भनेको थिए यो रंगभेदसँग सम्बन्धित थियो र नतिजाको सम्बन्धमा होइन। तर त्यहाँ कुनै जातिवाद भएको मान्नुभएन।”
प्रतियोगितामा प्रभाव पार्न संघर्ष गरे पछि फ्रान्स टोलीका एमबाप्पेले कडा आलोचनाको सामना गर्नुपरेको थियो।
ले ग्रेटले आइतवारको अखबारको अन्तर्वार्तामा भने: “मैले युरोसपछि उहाँसँग भेटेँ। उसले पेनाल्टी मिस गरेपछि र आलोचनाको सामना गरेपछि महासंघले खेलाडीको रक्षा नगरेको उनले महसुस गरे।
“हामीले मेरो अफिसमा पाँच मिनेटको लागि भेट्यौं। उ क्रोधित थियो र अब फ्रान्सेली टोलीको लागि खेल्न नचाहेको भाव प्रस्ट देखिन्थ्यो।”
“उ एक विजेता हो, उ हामी सबैजस्तै, बाहिरिएपछि धेरै निराश थियो। उ हाम्रो लागि एक महान खेलाडी हो।”
एमबाप्पेले गत वर्षको निराशाजनक युरो २०२० देखि फ्रान्सबाट थप नौ पटक खेलेका छन्।
फ्रान्सलाई कतारमा हुने २०२२ को विश्वकपमा छनोट हुन मद्दत गरेको छन। उनले आफ्नो देशका लागि ५७ सिनियर खेलमा २७ गोल गरेका छन् ।