लालिगा द्वारा सिटि र पिएसजी विरुद्ध उजुरी दर्ता

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ला लिगाले म्यानचेस्टर सिटी र पेरिस सेन्ट-जर्मेनमाथि आफ्नो आक्रमणलाई तीव्र पारेको छ। 

गत साता देखि नै फेयर प्लेको मुद्दालाई तिब्र पारेको ललिगाले यसै विषयमा युरोपेली फुटबल संघमा उजुरी दर्ता गरेको छ।

ला लिगाका अध्यक्ष जेभियर टेबासले यी दुई टोलीलाई बारम्बार फेयर प्लेको बिषयमा आक्रमण गर्दै ‘राज्य संचालित  क्लबहरू’ भनेर वर्णन गरेका छन्।

गत महिना स्टार स्ट्राइकर केलियन एमबाप्पेलाई दिएको नयाँ बहु-मिलियन पाउन्ड सम्झौतामा पिएसजीको कडा आलोचना गरेका थिए।

त्यसयता, प्रिमियर लिग च्याम्पियन सिटीले बोरुसिया डर्टमन्डबाट एर्लिङ हालान्डलाई ५१.२ मिलियन पाउण्डमा अनुबन्ध गरेको छ।

रियल मड्रिड दुवै खेलाडीलाई अनुबन्ध गर्न इच्छुक थियो।

 यी दुवै खेलाडी भित्रन असक्षम भएपछि लालिगाले लगातार रुपमा सिटी र पिएसजीलाई आक्रमण गरिरहेको थियो। 

लालिगाले वक्तव्य प्रकाशित गर्दै यी दुवै क्लबको आर्थिक अनियमितता प्रति प्रश्न उठाउँदै कडा आलोचना गरेको छ: 

” यी क्लबहरूको अनियमित आर्थिक लाभ या त प्रत्यक्ष पैसा इंजेक्शन मार्फत वा प्रायोजन र अन्य सम्झौताहरू मार्फत गरिन्छ जुन बजारको अवस्थासँग मेल खाँदैन,”

” यस्ता अभ्यासहरूले परिस्थितिको प्रणाली र फुटबलको दिगोपनलाई परिवर्तन गर्छ, सबै युरोपेली क्लबहरू र लीगहरूलाई हानि पुर्‍याउँछ, र केवल फुटबलमा पैसा उत्पन्न नगरी कृत्रिम रूपमा बजार बढाउनको लागि काम गर्दछ।”

पीएसजी विरुद्ध उजुरी गत हप्ता र अप्रिलमा सिटी विरुद्ध गरिएको थियो, यद्यपि ला लिगाले यी मुद्दाहरु विस्तार गर्ने अधिकार सुरक्षित रहेको बताएको छ।

सिटी र पीएसजी दुवैले विगतमा टेबासको गुनासोको विरुद्धमा कडा प्रतिरक्षा गर्दै आएका छन्।

जुलाई २०२० मा, खेलकुदको मध्यस्थताको अदालतले युइएफएले फेयर प्ले उल्लंघनको लागि सिटी माथि लगाएको दुई वर्षको च्याम्पियन्स लिग प्रतिबन्धलाई उल्टाएको थियो।

गत महिना तेबासले एमबाप्पेले रियल मड्रिड जान अस्वीकार गरेपछि ला लिगाले पीएसजी विरुद्ध कानुनी कारबाही गर्ने बताएका थिए।

फ्रान्सेली अन्तर्राष्ट्रिय स्ट्राइकरले मड्रिडको सट्टा २०२५ सम्म पेरिस सँगको सम्झौता नवीकरण गरेका थिए।

 त्यसलगत्तै टेबास र ला लिगाले बिज्ञप्ति निकाल्दै सम्झौता विस्तारले युरोपेली फुटबलको “आर्थिक स्थिरतामा हमला गरेको” बताएका थिए।

 

Leave a Reply

Next Post

युरोपियन सुपर लिग ब्युताउँने प्रयासमा पेरेज

Thu Jun 16 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका फुटबल अध्यक्ष फ्लोरेनटिनो पेरेजले युरोपियन सुपर लिग अझैं ज्युँदै रहेको बताएका छन्। गतवर्ष खुबै चर्चामा रहेको युरोपियन सुपर लीगको अग्रपंतिमा रहेर क्लबहरुको नेतृत्व गर्ने पनि पेरेजनै रहेका थिए। घरेलु तथा युरोपियन फुटबल संरचनाको विरुद्धमा रहेको भनेर युरोपेली फुटबल संघले सुपर लिग विरुद्ध मुद्दा दायर गरेको […]
%d bloggers like this: