हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। गएराति भएको कम्युनिटी शिल्डको फ़ाइनलमा लेस्टर सिटिले म्यानचेस्टर सिटिलाइ १-० को गोलान्तरले पराजित गरेको छ।
राम्रो लयमा देखिएको लेस्टरका लागि स्ट्राइकिङ्ग खेलाडिहरुले सुरुबाटै गोल गर्ने बाटो खोज्दै आएका थिए। खेलको पाचौ मिनेटमै सिटिको बोक्समा गोल लग्न सफल भएका मेडिसनको प्रहारलाइ डिफ़ेण्डरले ब्लक गरिदिएका थिए।
१८ औ मिनेटमा भार्डिले शट प्रहार गरेपछि, स्टेफेनले राम्रो बचाउ गर्दै गोल टारिदिएका थिए। त्यहि शटको काउन्टर पाएको सिटिले १९औ मिनेटमा पहिलो प्रहार गरेको थियो, जुन पोस्ट माथिबाट जान पुगेको थियो।
२३ औ मिनेटमा टिएल्स्म्यान्सको पासलाइ गोलमा परिवर्तन गर्ने मौका पाएका पेरेजले सिधा स्टेफेनकै हातमा बल दिन पुगे।
२८ औ मिनेटमा गुण्डोगनको पासलाइ गोलका लागि प्रहार गर्ने क्रममा स्ट्राइकर एडोजिएले पोस्टको भाराकिलो साइडमा प्रहार गर्दा गोल हुन सकेन।
४५औ मिनेटमा भार्डिको प्रहारलाइ रोक्ने क्रममा स्टेफ़्फ़ेनले राम्रो बचाउ गरेका थिए।
लगाताररुपमा दुवै तर्फबाट उत्तिकै प्रहार भएको अवस्थामा ९० मिनेटमा खेलको निर्णय नआउने जस्तो देखिएको थियो। ८७ औमिनेटमा एकेले इल्हेंचोलाइ फल गर्दा, लेस्टरले पेनाल्टी पाएको थियो।
उक्त पेनाल्टीलाइ गोलमा परिणत गर्दै इल्हेंचोले लेस्टरलाइ महत्वपूर्ण अग्रता दिलाएका थिए। सोहि अग्रतालाइ खेलको अरु केहिमिनेटमा सम्हाल्दै जित निश्चित गरेको थियो।
अन्तिम सात पटकको कमुनिटी शिल्डको उपाधी दुइ पटक मात्रै प्रिमियर लिग च्याम्पियनले जितेको थियो र त्यही ट्रेण्ड फेरी दोहोरिदै प्रिमियर लिगका बिजेता फेरी पराजित भएको छ।