लियोनल मेस्सीलाई फर्काउने अडानमा लापोर्टा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| जोन लापोर्टाले स्टार फरवार्ड मेस्सीलाई ब्लाउग्राना जर्सीमा पुनः जादुई फुटबल खेलेको हेर्ने इच्छा रहेको स्वीकार गरेका छन्।

विगत केहि समय यता उनले बार्सिलोना र लियोनेल मेस्सीले राम्रो विदाई दिन नसकेकोमा पछुतो रहेको बताईरहेका छन्।

आफ्नो फुटबल संस्कार दर्शाउन नसकेको भन्दै उनले मेस्सीलाई पुनः बार्सिलोना ल्याउने अडान कायमै राखेका हुन।

बार्सिलोनाले उनि माथि रहेको नैतिक ऋण तिर्ने बाँकी रहेको हुँदा, बार्सिलोनामा उनको अध्याय बाँकि रहेको उनको धारणा रहेको छ।

लापोर्टाले बार्सिलोनाले सम्झौता नवीकरण गर्न नसक्ने बताएपछि, मेस्सी गत समरमा नि:शुल्क ट्रान्सफरमा पेरिस सेन्ट जर्मेनमा सामेल भएका थिए।

“यो एउटा आकांक्षा हो जुन मसँग अध्यक्षको रूपमा पुरा भएको हेर्न चाहन्छु।”

“गत सिजन जुन घटाना घट्यो त्यसका लागि संयुक्त रूपमा जिम्मेवार छु,” लापोर्टाले भने।

“बार्सिलोनामा मेस्सीको समय हामी सबैले चाहेको तरिकाले समाप्त भएन। यो आर्थिक कारणले धेरै सशर्त समाप्त भयो र हामीसँग नैतिक ऋण बाँकि छ।”

“यस अर्थमा, हामी उनको क्यारियरको अन्त्य बार्सिलोनाको जर्सीमा भएको चाहन्छौं र मैदानमा उनले लिने पाइलाहरुमा ताली बजाउन चाहन्छौं।” उनले बताए।

५ भन्दा बढी खेलाडी ल्याईसकेको बार्सिलोना यस ट्रान्सफर विन्डोमा विशेष रूपमा सक्रिय रहेको छ।

आर्थिक समस्या निकै रहेको भनिए पनि नयाँ खेलाडीहरू अनुबन्ध गर्न क्लबले खर्च गरेको रकमलाई लिएर निकै प्रश्नहरु उठिरहेका छन्।

यस विषयमा बोल्दै क्लब अध्यक्षले आँफुहरु सहि बाटोमा भएको र थप आश्चर्य आउनै बाँकी रहेको बताएका छन्।

“हामीले राम्रोसँग काम गरिरहेका छौं भन्ने मलाई लाग्छ, खेलाडीहरू बार्सिलोना आउन चाहन्छन् ,” लापोर्टाले थपे ।

“हामी एक धेरै राम्रो सन्तुलित टोली निर्माण गर्दैछौं, जसले जित्ने उद्देश्यका साथ सबै प्रतियोगिताहरूमा चुनौती दिन सक्छ।”

“टिममा अहिले धेरै प्रतिस्पर्धा छ र प्रति स्थानमा कम्तिमा दुई खेलाडीहरू छन् जो धेरै राम्रो छन्।”

“बार्सिलोना बिध्यमान आर्थिक अवस्थाबाट उठ्दै छ र यस्ता आश्चर्य आउन अझै बाँकी छ” उनले थपे।

-एजेन्सी

 

Leave a Reply

Next Post

रोनाल्डोको प्रतिक्रिया : "मेरो नामले खान पुग्छ, अझै कराउँदै गर"

Fri Jul 29 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रिस्टियानो रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा भविष्यलाई लिएर अड्कलबाजीले उग्ररुप लिन थालेपछि प्रतिक्रिया जनाएका छन्। संगै यसै साता सम्भावित स्थानान्तरणलाई लिएर एट्लेटिको म्याड्रिडका समर्थकहरूले गरेको विरोधलाई व्यंग्यात्मक जवाफ फर्काएका छन्। सामाजिक सन्जाल मार्फत आफ्नो नामका व्यापार गर्ने मिडियाहरु भन्दै उनले आँफु बिना रहनै नसक्ने समेत बताए। रेड डेभिल्सले भने […]
%d bloggers like this: