हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो दशकमा बार्सिलोनामा रहँदा लियोनल मेस्सीले गरेको चमत्कारको फल अहिले पेरिसले पाउन थालेको छ।
मैदान भित्रका प्रदर्शनले विभिन्न खाले प्रायोजक आफू तर्फ आकर्षित गर्न सफल भएका मेस्सीले पेरिसमा पनि उक्त सफलता पाएका छन्।
मेस्सीलाई भित्र्याउनु भन्दा अगाडी पेरिसले उनको खर्चका बारेमा राम्रोसँग अध्ययन गरेको क्लवका अधिकारीले बताएका छन्।
उनलाई वार्षिक ज्यालामा मात्र पेरिसले ४० मिलियन भन्दा बढी खर्च गर्ने गरेको छ।
यसै विषयमा अनुसन्धान गर्दा पेरिसले उक्त ज्याला भन्दा निकै बढी रकम उनको हस्ताक्षरमा पाउने सम्भाव्यता निकालेको थियो।
फलस्वरुप उनीहरुले गरेको अनुसन्धान अहिले सिद्ध भएको छ र पेरिसलाई प्रायोजकहरुले राम्रो साथ दिएका छन्।
लियोको आगमनले क्लबको वित्तमा असर नगर्न इमेज अधिकार, मार्केटिङ र स्टेडियम बाट पर्याप्त आम्दानी गरेको छ।
पछिल्लो समय फ्रान्सेली खेलाडी एम्बाप्पेको सम्झौता नविकरण गरेपछि, यस विषयमा बोल्दै क्लबका अध्यक्षले मेस्सीको आगमनले क्लबमा सकारात्मक सन्देश दिएको बताएका छन्।
जसअनुसार पेरिस संग अहिले १० नयाँ प्रायोजन अनुबंधहरू छन्।
क्लबको यस क्षेत्रका निर्देशक मार्क आर्मस्ट्रङले आकर्षण शक्तिको अतिरिक्त, सम्झौताहरू मेस्सी बिना पाउन असम्भव भएको टिप्पणी दिएका थिए।
“हामीले ३-५ मिलियन बीचमा सम्झौता गर्न सक्ने क्षेत्रमा निश्चित रूपमा वृद्धि देखेका छौं र अहिले ती ५-८ मिलियन बीचमा छन्, त्यसैले प्रभाव उल्लेखनीय छ,” उनले भने।
गत वर्षको तुलनामा पेरिस सेन्ट जर्मनको राजस्व १३ प्रतिशतले वृद्धि भएको रिपोर्ट यसअघि नै फ्रान्सेली मिडियामा आइसकेको छ।
मेस्सीको आगमनसँगै पीएसजीले तीव्र गतिमा वृद्धि गरेको अर्को क्षेत्र जर्सी बिक्रीमा छ।
नेयमारको आगमन र एमबाप्पेको विकाससँगै क्लबले अर्को आयाममा प्रवेश गरिसकेको छ , तर मेस्सीले सबै कुरालाई नयाँ उचाइमा पुर्याए।
मेस्सीको आगमनको घोषणा हुनासाथ क्लबका सामाजिक सञ्जालमा पनि उनको ठूलो प्रभाव परेको थियो।
हस्ताक्षरको पुष्टि पछि, क्लबले सबै प्लेटफर्महरूमा १५ मिलियन फलोअरहरू प्राप्त गरेको थियो।