हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्वकालीन महान खेलाडी मध्येका एक रहेका अर्जेन्टिनी खेलाडी लियोनल मेस्सि नयाँ विश्व कीर्तिमान नजिक पुगेका छन्।
आइतवार पेरिस सेन्ट-जर्मेनले नान्टेस विरुद्ध जितेको फ्रान्सेली सुपर कप ट्राफी डे च्याम्पियन्स, क्लबसँग लियोनेल मेस्सीको दोस्रो ट्रफी थियो।
अर्को ट्रफी थपे संगै उनको करियरको कुल संख्या ४१ औँ ट्रफी बन्न पुगेको छ, जसले उनलाई ड्यानी अल्भेसको विश्व रेकर्डको नजिक पुर्याएको छ।
बार्सिलोनाका पूर्व राइट ब्याक ड्यानी आल्भेसले दुवै करियरमा [ क्लब र अन्तर्राष्ट्रिय ] प्रतियोगितामा सबैभन्दा धेरै ४३ ट्रफी जित्ने कीर्तिमान राखेका छन्।
अब उनका पूर्व सहकर्मी मेस्सी अहिले त्यो संख्यामा दुई ट्रफीले मात्र पछाडि परेका छन्।
३९ वर्षको उमेरमा ड्यानी आल्भेस अझै खेल्दै छन् तर उनको हालको क्लब पुमासले २०११ देखि ट्रफी जितेको छैन।
एक दशक अघिको शिर्ष डिभिजन र चार दशक देखि कप नजितेको हुँदा सम्भवतः उनको कुल संख्या ४३ मा रहने सम्भावना छ।
मेस्सी त्यसैकारण फुटबल इतिहासमा सबैभन्दा बढी ट्रफीले सुसज्जित खेलाडी बन्ने बाटोमा छन्।
धेरैले आफ्नो पुस्ताको उत्कृष्ट र सर्वकालीन महान खेलाडीहरू मध्ये एक मान्ने खेलाडीको लागि यो उपयुक्त सम्मान बन्न सक्छ।
मेस्सीले किर्तिमान आफ्नो नाममा लेखाउने धेरै सम्भव किनभने यो सिजन आल्भेसको अंक बराबरी गर्न सक्नेछन्।
त्यसका लागि पेरिसलाई मात्र लिग वान र फ्रेन्च कप जित्न आवश्यक छ र निश्चित रूपमा प्रतियोगिताका बलिया प्रत्याशी हुँदा क्षमता वा अपेक्षा भन्दा बाहिर छैन।
आउँदो कतारमा हुने विश्वकप पनि दुवै खेलाडीका लागि लक्ष्य हुने र उनीहरूको विशाल ट्रफी क्याबिनेटमा थप्ने मौका पनि पक्कै हुनेछ।
अल्भेसले यसअघि नै ब्राजिलसँग ६ वटा ट्रफी जितिसकेका छन् (दुई कोपा अमेरिका, दुई कन्फेडेरेसन कप, एउटा ओलम्पिक र एउटा यू–२० विश्वकप)।
जबकि मेस्सीले अर्जेन्टिनासँग चार उपाधि जितेका छन् (कोपा अमेरिका, कोम्बोल-युईएफए कप अफ च्याम्पियन्स, ओलम्पिक, यू२० विश्वकप)।
अल टाइम ट्रफी सूचीमा मेस्सी र आल्भेसलाई पछि रहँदै आन्द्रेस इनिएस्टा (३७), जेरार्ड पिके (३६) र क्रिस्टियानो रोनाल्डो (३४) छन्।
-एजेन्सी