‘फाईभ स्टार’ मेस्सी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| आइतबार बेलुकी एस्टोनिया विरुद्ध भएको खेलमा पाँच गोल गरेपछि लियोनल मेस्सीले इन्टरनेट तताई रहेका छन्।

लगातार ३३ खेलमा अपराजित रहँदै आउँदै विश्वकपमा उपाधिका लागि प्रमुख दाबेदार बनेको अर्जेन्टिनाले मेस्सीको उत्कृष्ट लयलाई जारी राखेको छ।

कोपा अमेरिका यता विश्वकप छनौट देखि गत साता ईटाली विरुद्धको फिनालेसीमामा समेत अपराजित रहेको अर्जेन्टिनाले अपराजिता यात्राको नयाँ रेकर्ड राखेको छ। 

फ्रान्सेली क्लब पिएसजी विरुद्धको खराब सिजनका कारण निकै आलोचना भोगिरहेका लिओनल मेस्सीले भने अर्जेन्टिनाको शर्टमा आफ्नो उत्कृष्ट लय भेटाएका छन्।

गत साता ईटाली विरुद्ध पनि उनकी प्रेरणामा अर्जेन्टिनाले फिनालेसिमा मा उत्कृष्ट जित हात पारेको थियो। 

तर एस्टोनिया विरुद्धको खेल पनि उनको करियरकै प्रमुख खेलहरु मध्येको एक बन्न सफल भएको छ। 

करियरमा दोस्रोपटक एकै खेलमा पाँच गोल गर्न सफल भएका लिओनल मेस्सीले, यो उपलब्धि एक दशकअघि युरोपेली लिग खेलमा पाएका थिए।

घरेलु लिग तथा क्लबका लागि उत्कृष्ट प्रदर्शन गर्ने मेस्सीले राष्ट्रिय टोलीमा सोही प्रदर्शन गर्न नसक्दा,केहि समय अघिसम्म उनको विरासत माथी शंका उत्पन्न भएका थिए। 

अर्जेन्टिनाका लागि तीन प्रमुख फाइनलमा एकैमा पनी बिजेता बन्न नसक्दा मेस्सीले सन्यास समेत लिन पुगे। 

देशका लागि ठूला खेलमा प्रदर्शन गर्न नसक्ने भन्दै ठूला आलोचना खेपेका मेस्सी, कोपा अमेरिका बिजेता बने पश्चात भनी निकै आक्रमक शैलीमा उत्रिएका छन्। 

ब्राजिललाई कोपा अमेरिकामा पराजित गर्दै सनसनीपूर्ण प्रतियोगितामा आफ्नो उत्कृष्ट खेल देखाएका मेस्सीले उक्त प्रतियोगिता जितेसँगै अर्जेन्टिनामा आफ्नो इज्जत पुनः प्राप्त गर्न सफल भएका छन्। 

लामो संघर्ष पश्चात अर्जेन्टिना विश्व फुटबलमा फेरि एकपटक चुनौती दिन सक्ने टोलीको रुपमा पुन विकसित भएको छ। 

हालैका दिनमा मात्र मेस्सीलाई अर्जेन्टिनाका सञ्चारमाध्यम तथा समर्थकहरुले निकै रुचाउन तथा इज्जत दिन थालेका कुरा सञ्चारमाध्यमले जनाउन थालेका छन्। 

 

 

Leave a Reply

Next Post

वेल्स : विश्वकपको ६ दशक लामो पर्खाई

Mon Jun 6 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली राष्ट्र युक्रेनलाई विश्वकप छनौटको फाइनलमा पराजित गर्दै वेल्सले आगामी कतार विश्वकपको टिकट काटेको छ। युक्रेन बिरुद्धको जित संगै वेल्सले सन् १९५८ पश्चात पहिलो पटक विश्वकपमा सहभागिता जनाउने भएको हो। झण्डै छ दशक लामो पर्खाई पश्चात विश्वकपमा छनौट हुन सफल भएको वेल्सका लागि युक्रेनका खेलाडीको आत्मघाती गोल […]
%d bloggers like this: