हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्तिनेजका लागि म्यान्चेस्टर युनाईटेड र आर्सनलले प्रतिस्पर्धा गर्ने भएका छन्।
हाल आयक्समा सेन्टर ब्याक रहेका मार्तिनेजका लागि युनाईटेडले गत साता ५० मिलियनको प्रस्ताव पेस गरेको थियो।
मार्टिनेजलाई युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले पुर्ब क्लब आयक्समा करिब ७ मिलियनमा अनुबन्धन गरेका थिए।
अहिले युनाईटेडमा पुनः आफ्नो सफलतालाई निरन्तरता दिन टेन ह्याग इच्छुक रहेका छन्।
आयक्सका लागि अहिले सम्म मार्टिनेजले १२० पटक उपस्थिति जनाईसकेका छन। ती सबै उपस्थितिहरू टेन ह्याग अन्तर्गत आएका छन्।
विहिबार डच रिपोर्टहरुले युनाईटेडले गरेको प्रस्ताव सकारात्मक रहेको र लिसंद्रो ओल्ड ट्राफर्ड भित्रिन सक्ने सम्भावना बढेको बताएका थिए।
आयक्सले माग गरेको ५० मिलियन प्रस्ताबमा सहमति जनाउन युनाईटेड राजि भएको थियो।
रेड डेभिल्सले अर्जेन्टिनि खेलाडीका लागि प्रिमियर लिगको प्रतिद्वन्द्वी आर्सनलबाट सफलतापूर्वक लड्न सफल भएको छ।
सेन्टर-ब्याकमा आर्सेनलको चासोमा उसले डिफेन्डरको लागि ३४ मिलियन बिड दर्ता गरेको बताईएको थियो तर त्यो प्रस्ताव आयक्स द्वारा अस्वीकार गरियो।
आर्सनलले जारी ट्रान्सफर विन्डोमा म्यानचेस्टर सिटिबाट ग्याब्रियल जिसस र फाबियो भियारा अनुबन्ध गरिसकेको छ।
गत सिजन च्याम्पियन्स लिग छनौटको मुखैमा पुगेर असफलता हात पारेपछि आर्सनल यसपटक ट्रान्सफरमा तातिएको हो।
लिसान्द्रो बहुमुखी गुण भएका डिफेन्डर हुन जो दुवै फुलब्याक र डिफेन्सिभ मिडफिल्डरको रूपमा खेल्न सक्षम रहेका छन्।
म्यानचेस्टर युनाईटेडमा आएपछि नयाँ प्रशिक्षक टेन ह्याग प्रमुख रुपमा आफ्नो रक्षात्मक खेलमा सुधार गर्नका तल्लिन छन्।
यसै साता लेफ्ट ब्याक भित्र्याउन सफल भएको युनाईटेडले एरिक्सेनलाई पनि ३ बर्षको सम्झौता थमाईसकेको छ।
लन्डन टोली आर्सनलले आफ्नो प्रस्ताव नबढाएको खण्डमा मार्टिनेज युनाइटेडमा जाने लगभग पक्का भैसकेको छ।
रेड्सको प्रमुख योजना रहेका अर्का डच मिडफिल्डर फ्रांकी डी जोंगको बारेमा भने अन्यौल बढेको छ।
बार्सिलोनाका अध्यक्षले खेलाडी बेच्ने पर्ने अवस्था नआएसम्म उनी कतै नजाने बताइसकेका छन्।