मिलानबिरुद्द लिभरपुलको उत्कृष्ट बापसी, च्याम्पियन्स लिगमा सुखद सुरुवात !!

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। समुह ख अन्तर्गत, गएराती भएको लिभरपुल र मिलानको खेलमा लिभरपुल ३-२ को गोलान्तरले बिजयी भएको छ।

खेलको ९औ मिनेटमा मिलानका फिकायो टोमोरिले आत्मघाती गोलगर्दा, लिभरपुलले अग्रता लिएको थियो।

एनफिल्डमा भएको उक्त खेलमा लिभरपुललाइ सुरुबाटै आक्रामक र सुल्झेको टोलिका रुपमा हामीले देख्न पायौ।

४२ औ मिनेटमा राफेल लियोको एसिस्टमा आंटे रेबिचले गोल गर्दा, मिलानले खेललाइ बराबरीको मोडमा ल्याएको थियो। खेलमा बराबरीभएको केहि समय पछि नै , थियो हर्नाण्डेजको एसिस्टमा गोल गर्दै ब्राहिम डियाजले मिलानलाइ अग्रता दिलाएका थिए ।

हाफ टाइमको अन्त्यमा मिलानको पक्षमा एक गोलको अग्रता रहेको थियो।

दोस्रोहाफ सुरुभएको केहि समयमै दिभोक ओरिगीको एसिस्टमा गोल गर्दै मोहम्मद सलाहले खेललाइ पुन: बराबरीको मोडमा निम्त्याएका थिए।

२-२ को स्थितिमा रहेको खेलमा दुवै टोली उत्तिकै बलिया देखिएका थिए र जुन समयमा पनि जुनै टोलीले नि अग्रता लिने सम्भावना रहेको थियो।

६९ औ मिनेटमा जोर्डन हेण्डर्सनले उत्कृष्ट गोल गर्दै, लिभरपुललाइ पुन: अग्रतामा ल्याएका थिए। लिभरपुलले गरेको तेस्रो गोल पछि कुनै पनि टोलिले खेलको अन्त्यसम्म गोल गर्न नसक्दा, लिभरपुलको पक्षमा खेल टूङ्गिन पुगेको हो।

एनफिल्डमा उत्कृष्ट कम्ब्याक गरेको लिभरपुल अहिले समुह बिको शिर्ष स्थानमा रहेको छ। लिभरपुलले १४औ मिनेटमा पाएको पेनाल्टिलाइ सालहले गोलमा परिणत पर्न नसक्दा, मिलानलाइ खेलमा आफ्नो दबाब राख्ने मौका मिलेको थियो।

हालको स्थितिमा, लिभरपुल पहिलो स्थानमा रहेको छ भने एथ्लेतिको दोस्रो, पोर्टो तेस्रो र मिलान अन्तिम स्थानमा रहेको छ।

Leave a Reply

Next Post

कसले पाउलान त युसिएल गोल्डेन बुट, यस्तो छ समिक्षा !!

Thu Sep 16 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ | युरोपियन च्याम्पियन्स लिगको शुरुवातसंगै युरोपियन क्लबहरुमा नयाँ जोश थपिएको छ। १४ सेप्टेम्बर बाट सुरु भएको समूह चरणको पहिलो चरणको खेलहरु समाप्त भएका छन्। म्यान्चेस्टर युनाइटेड विरुद्ध योङ्ग बोइजको अप्रत्याशीत नतिजा सँगै लिभरपुलको घरेलु मैदानको पुनरागमनले यसपालिको सिजन सुरुवातबाटै रोमाञ्चक भएको छ। प्रतियोगिताको ट्रफीसँगै कसले गोल्डेन […]
%d bloggers like this: