हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल म्याड्रिडका महँगा फ्लप मध्येका एक लुका जोभिकले क्लब छाड्ने अधिकारिक भएको छ।
उनले नि:शुल्क ट्रान्सफरमा इटालियन क्लब फियोरेन्टिनामा आफ्नो करियरलाई विस्तार गर्ने जनाईएको छ।
इटालीमा लोन बारेमा कुरा भएको भएपनि अन्तमा नि: शुल्क स्थानान्तरण हुने भएको छ र फियोरेन्टिनाले उनको सबै ज्याला तिर्नेछ।
निःशुल्क स्थानान्तरण भएतापनि इटालियन क्लबले यदि उनलाई बेचेको खण्डमा भविष्यमा ५० प्रतिशत रकम रियल मड्रिडलाई प्रदान गर्नेछ।
सन् २०१९ मा खेलाडीको लागि भुक्तान गरेको ६० मिलियन यूरो मध्ये केही वापसीका लागि रियलको सम्झौता निकै चलाखीपूर्ण रहेको छ।
रियल मड्रिडसँग उनको सम्झौता सन् २०२५ सम्म हुने भएतापनि क्लबले उनलाई फ्री मै छाड्न तयार भएको हो।
रियल मड्रिडमा सुरुवातदेखि नै राम्रो छाप छोड्न नसकेका सर्बियन खेलाडीले यसअघि लोनमा एकपटक रियल मड्रिड छाडिसकेका थिए।
सेल्टा भिगो विरुद्ध २०१९ मा डेब्यु गरेका लुकाले मड्रिडको जर्सीमा ५१ खेल खेल्दै केवल ३ गोल गर्न सफल भए।
तीन सिजन स्पेनको राजधानी बसाइका क्रममा सर्बियन खेलाडीले दुईपटक लालिगा उपाधि र एक च्याम्पियन्स लिग जित्न सफल भए।