हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| रियल मड्रिडका लागि पछिल्लो ५ वर्षमा महत्वपूर्ण धरोहर बनेर बसेका क्यासेमिरोले क्लब छाडेपनि मड्रिडको प्रदर्शन उस्तै देखिएको छ।
यसै सिजन फ्रान्सेली क्लबबाट झण्डै सय मिलियन डिलको प्याकेजमा भित्रिएका चाओमनीले उनको स्थानको कमी हुन दिएनन्।
क्यासेमिरो पछिको युगलाई रियल म्याड्रिडले उत्कृष्ट सम्भावित सुरुवात गर्न कुनै कसर बाँकी छाडेन।
उसका नयाँ पुस्ताका दुई खेलाडी कामाभिन्गा र चाओमेनिले रियलको नयाँ नेतृत्व सम्हाल्न सक्षम रहेको भनक दिएका छन्।
शनिबार राति बालाइडोसमा सेल्टा भिगोलाई ४-१ ले पराजित गर्दा मुख्य रूपमा लुका मोड्रिच मास्टरक्लासलाई भने बिर्सिन हुँदैन।
उमेरले ३७औं वसन्त पार गरिसक्न लाग्दा पनि उनका गोडाको रोकिने अवस्थामा देखिँदैन। बरु उल्टै थप महानता तर्फ लागेको देख्न सकिन्छ।
कार्लो एन्सेलोटीले यो सिजन थप बारम्बार टोली रोटेशन ल्याउन सक्ने बताएका थिए र नयाँ सिजनको पहिलो दुई खेलले कुरा प्रस्ट बनाएको छ।
मोड्रिच सुरुवाती एघारमा फर्किए र रियल मड्रिडलाई सानदार जित दिलाउनका लागि मिडफिल्डमा उल्लेख्य भूमिका खेले।
रियल मड्रिडको दोस्रो गोल गर्ने क्रममा डी एरिया बाहिरबाट गरेको उत्कृष्ट प्रहार वास्तवमै लोभलाग्दो रहेको थियो।
रियल मड्रिडका सेन्टर ब्याक डेभिड अलाबाले आक्रमणमा निर्णायक खेलाडी बनेर सिजनको सुरुवात गरेका छन्।
म्याड्रिडका लागि उनले आफ्नो अन्तिम दुई खेलहरूमा गोल गरेका छन्।
उनले सेल्टा विरुद्ध पनि पेनाल्टी जित्दै पिचमा कत्तिको प्रभावकारी हुन सक्छन् भनेर प्रमाणित गरेका छन्।
अर्कोतिर हरेक पटक रियल म्याड्रिडले आक्रमण गर्दा मुख्य उद्देश्य भिनिसियसको खुट्टामा बल पुर्याउने देखिन्छ।
ब्राजिलियन विंगर टोलीको लागि ठूलो स्रोत बनेका छन् किनभने, जब उनीसँग बल हुन्छ, निश्चित रूपमा केहि हुने गर्दछ।
एन्सेलोटीलाई मुख्य टाउको दुखाई भनेको अलाबाको सेन्टर ब्याक पार्टनरको निर्णय गर्नु रहेको छ।
नयाँ सेन्टर ब्याक एन्टोनियो रुडिगरलाई पक्कै पनि समय दिइनेछ, तर यो कुरा सिद्द गर्न उनले खेलेका खेलमा राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ।
पछिल्ला केहि खेल हेर्दा रियल म्याड्रिड कुनै पनि टोलीलाई हराउन सक्ने मध्ये एक भएको छ।
– एजेन्सी