सन् २०११ देखि फेरिएको सिटि र युनाईटेडको कहानी

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पछिल्लो ५ वर्षयता निकै विश्वस्तरिय फुटबल प्रदर्शन गरिरहेको निलो म्यानचेस्टरको कहानी यति लोभलाग्दो एक बेला थिएन।

म्यानचेस्टर तेरो र मेरो भन्ने तछाड मछाडमा रातो म्यानचेस्टर ( म्यान युनाईटेड) को तौल सन् २०१० दशकको सुरुवात सम्म निकै भारी थियो। 

एउटै शहरमा दुई ठूला क्लब भएपछि प्रतिद्वन्दिता नहुने कुरै भएन। सिटि २००८ अघि अहिलेको जस्तो बलियो थिएन। 

इंग्ल्यान्डको शिर्ष डिभिजनमा टिकीराख्न पनि म्यानचेष्टर सिटीलाई निकै समय लागेको थियो।

 २००१ अघि तल्लो र माथिल्लो डिभिजन गरिरहेको सिटीले त्यसयता भने स्थिरता पाएको छ। 

म्यान्चेस्टर युनाइटेडको उसबेलाका प्रशिक्षक सर एलेक्स फर्गुसनले आफ्नै शहरको प्रतिद्वन्दी सिटीलाई हल्ला धेरै गर्ने गनगने छिमेकि भन्थे।

सन् २००८ मा म्यान्चेस्टर सिटीको स्वामित्व अबुधाबी समुहले ग्रहण गरेपछि म्यानचेष्टर सिटीको स्वर्णिम यात्रा सुरु भएको थियो। 

छोटो समयमै सफलता पाउनका लागि म्यानचेष्टर सिटीले खेलाडीहरु माथि औसतभन्दा बढी पैसा खन्याउन थाल्यो।

सफलताको पहिलो विन्दु भनेको उसलाई छिमेकि म्यानचेष्टर युनाइटेडलाई जुनसुकै  हालतमा पनि चिड्याउनु रहेको थियो। 

सन् २००८ मा स्वामित्व ग्रहण गरेपनि त्यसको ३ सिजन सिटिले सोचे अनुसारको सफलता हात पार्न सकेन।

तर इटालियन प्रशिक्षक रोबर्टो मेनसिनिको प्रवेशसंगै म्यानचेष्टर सिटीले ऐतिहासिक फड्को मार्न सफल भयो।

२०११ मा झण्डै ५ दशक पछि नाटकीय रुपमा घरेलू शिर्ष डिभिजनको उपाधि हात पारेको म्यानचेष्टर सिटीले, गएको दशकमा घरेलु फुटबलमा बेग्लै छाप बनाउन सफल भएको छ।

एलेक्स फर्गुसनको नेतृत्वमा रहेको म्यानचेष्टर युनाइटेडले एक बेला जस्तो दबाब बनाउँथ्यो, म्यानचेष्टर सिटीले ठ्याक्कै त्यस्तै सफलता दोहोर्याई रहेको छ। 

यसै विषयमा बोल्दै इटालीका प्रशिक्षक तथा म्यानचेष्टर सिटीका पूर्व व्यवस्थापक रोबर्टो म्यानसिनिले आफूले पहिलो पटक उपाधि जिताएसँगै सिटी र युनाईटेडको प्रतिद्वन्दीताले फरक धार समातेको बिश्वास गर्दछन्।

“मलाई सर एलेक्स [फर्ग्युसन] र म्यानचेस्टरको फुटबल इतिहासमा उहाँले के गर्नुभयो र युनाइटेडसँग के गर्नुभयो भनेर धेरै सम्मान छ। हरेक पटक हामीले डर्बी खेल खेल्दा दुबै धेरै नर्भस थियौं।”

“जब म्यानचेष्टर युनाइटेडलाई २०११ मा हामीले आफ्नो महत्वपूर्ण खेलमा पराजित गर्यो, तब मैले केही भिन्न महसुस गरे” 

“मलाई पनि लाग्छ जब[२०११/१२]मा हामीले लिग उपाधि जित्यौं म्यानचेस्टरमा धेरै वर्ष पछि केहि परिवर्तन भयो।”

म्यान युनाइटेडले फर्ग्युसनको अन्तिम वर्षको इन्चार्जमा प्रतिक्रिया स्वरूप २०१२/१३ को उपाधि जितेको थियो, तर त्यसयता म्यानचेस्टरमा सिटीको वर्चस्व रहेको छ।

सिटिजन्सले फर्गुसनको सन्यास पछि पाँच प्रिमियर लिग उपाधि र सात घरेलु ट्रफी जितेको छ, जबकि युनाइटेडले एउटा एफए कप, एउटा ईएफएल कप र एउटा युरोपा लिग मात्र जितेको छ।

 

Leave a Reply

Next Post

आइपिएलको प्रसारण अधिकार खरबौंमा

Mon Jun 13 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वमै सर्वाधिक रुचाईएको टि-ट्वेन्टी क्रिकेट प्रतियोगिता आइपिएलको प्रसारण अधिकारको लिलामी प्रक्रिया जारि छ। निकै लोकप्रिय रहेको इन्डियन प्रिमियर लिगका लागि सन् २०२३ देखि २०२७ सम्मको सत्रका लागि अहिले बोली लागिरहेको छ।  जसमा आईपीएलको टिभी अधिकारको लागि सबैभन्दा ठूलो बोली भारु ५९ करोड (झन्डै ६.३ मिलियन अमेरिकी […]
%d bloggers like this: