म्यानचेष्टर सिटिले आफ्ना महत्वपूर्ण खेलाडी बेच्दै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर सिटीले जारि ट्रान्सफर मार्केटमा आफ्ना दुइ स्टार खेलाडी बेच्न सक्ने सम्भावना देखाएको छ। 

विगत तिन सिजन यता टोलीमा नियमित तथा प्रमुख खेलाडीका रुपमा रहेका ग्याब्रियल जिसस र रहिम स्टरलिंगलाई क्लबले बेच्ने तयारी गरेको हो।

गत सिजन नै सिटि छाड्ने छाटकाट देखाएका ब्राजिलियन खेलाडी ग्याब्रियल जिससका लागि हाल आर्सनल र टोटेन्ह्याम होमिएका छन्। 

सन् २०१७ मा ब्राजिलबाट ३७ मिलियन युरोमा म्यानचेष्टर सिटी भित्रिएका जिससले अहिलेसम्म २३६ खेल खेल्दा ९६ गोल गरेका छन्।

म्यानचेस्टरमा पहिलो तीन वर्ष राम्रो लय समाते पनि पछिल्लो २ सिजन यता उनको प्रदर्शनले भने प्रभाव छाड्न सकेको छैन। 

पछिल्लो दुई वर्षमा उनले क्लबका लागि ८० भन्दा बढी खेल्दा केवल २७ गोल गर्न सफल भएका छन्।

इटालियन प्रशिक्षक कोंटेको नेतृत्वमा रहेको स्पर्सले, शिर्ष डिभिजनको उपाधिमा दाबेदारी प्रस्तुत गर्नका लागि हाल आफ्नो टोलीलाई बलियो बनाईरहेको छ।

गत सिजन पाँचौ स्थान हात पारेको आर्सनलले च्याम्पियन्स लिग गुमाउनु यो ट्रान्सफरमा प्रमुख चुनौती बन्न सक्छ।

जिससलाई क्लबमा भित्र्याउन आर्सनलले ७० मिलियन युरो तिर्न तयार रहेको कुरा इंग्लिस रिपोर्टले बताइरहेका छन्। 

यसैगरी अर्का विंगर रहिम स्टरलिंगलाई पनि म्यानचेष्टर सिटीले प्रतिस्थापन गर्ने निर्णय बनाएको छ।

चेल्सीका वर्तमान प्रशिक्षक  थोमस टुकेल रहिम स्टर्लिङको ठूलो प्रशंसक रहेका छन्।

लिभरपुलबाट सिटि भित्रिए सँगै स्टर्लिङले आफ्नो प्रभाव छाड्न सफल भएका थिए. तर पछिल्लो समय जीससको जस्तै उनको प्रदर्शनले पनि एकाग्रता पाउन सकेको छैन।

विगत दुईयता सिजन उनले म्यानचेष्टर सिटीका लागि ९६ खेलमा सहभागिता जनाउँदा, ३१ पटक मात्र गोल गर्न सफल भएका छन्। 

रोमेलु लुकाकु इन्टर मिलान जाने आधिकारिक भएसँगै, उनको स्थान परिपूर्ति गर्नका लागि टुकेलले आफ्नो पहिलो रोजाइमा स्टरलिंग भित्र्याउन लागेका हुन।

रहिमका लागि चेल्सीले ६० मिलियन युरो तिर्न तयार रहेको स्काई स्पोर्ट्सले बताएको छ।

Leave a Reply

Next Post

महिला क्रिकेट टोलीको असली परिक्षा बाँकी

Mon Jun 20 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाली महिला टोलि मलेसियामा जारी एसिसी महिला टि ट्वान्टी क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। अहिले सम्म खेलेका सबै खेलहरुमा जित निकाल्दै नेपाली महिला टोली सेमिफाइनल यात्रा तय गर्न सफल भएको हो।  समूह चरणको पहिलो खेलमा भुटानलाई ५० रन र दोस्रो खेलमा कुवेतलाई २५ रनले हराउँदै […]
%d bloggers like this: