मिडफिल्ड चुस्त बनाउन युनाईटेडलाई सकस

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको नमिठो प्रतिफललाई भुलाउँदै म्यानचेस्टर युनाईटेड नयाँ सिजनको पूर्व तयारीमा जुटिसकेको छ। 

टेन ह्यागको प्राथमिकतामा आफ्नो टोलीलाई आकर्षक फुटबल खेलाउँदै विपक्षीविरुद्ध जित दिलाउनु रहेको छ। 

उनि म्यान्चेस्टर युनाइटेडमा आफ्ना सिद्धान्तलाई प्रतिपादन गर्नका लागि तल्लिन छन्।

बल स्वामीत्व राख्दै हरेक स्थानमा ‘पोजिसनल प्ले’ को पकड देखाउनु, युनाईटेडमा रहेका अधिकांश खेलाडीहरुलाई नौलो ब्यबस्था रहेको छ।

हालैका खेलहरुमा सुधारोन्मुख देखिएको म्यानचेष्टर युनाइटेडका लागि टेन ह्यागको व्यवस्थामा राम्रो मिडफिल्डको समायोजनका लागि भने अझै सकस देखिन्छ।

जारि ट्रान्सफर विन्डोमा रेड डेभिल्सका तर्फबाट नेमान्या माटिच, पल पोग्बा र हुवान माटाले क्लब छाडीसकेका छन्।

यी तिनै खेलाडी आफ्नो उच्च लयमा हुँदा विश्वस्तरीय खेलाडी हुन। यस्ता खेलाडीको खाँचो अहिले टेन ह्यागलाई रहेको छ।

क्लबले उनीहरुको प्रतिस्थापनका लागि अहिलेसम्म उचित कदम चाल्न सकेको छैन।

 विशेषगरी माटिचको स्थान जहाँ बिगत ६ सिजन यता उस्तै किसिमका खेलाडीको उपस्थिति शुन्य जस्तै छ।

टेन ह्यागको शैलीमा सवैभन्दा मुख्य हतियार टोलीमा रहने उच्च स्तरीय डिफेन्सिभ र सेन्ट्रल मिडफिल्डर हुन।

ब्रुनो फर्नानडेसले आफ्नो स्थान भित्रिए देखिने पक्का बनाएका छन्. उनकै वलबुतामा युनाईटेडले पछिल्ला तिन मध्ये दुई सिजनमा केहि फड्को मारेको थियो।

तर अहिले रोस्टरमा रहेका फ्रेड र म्याकटोमीने प्राकृतिक डिफेन्सिभ मिडफिल्डर हैनन् र उक्त स्थानमा चाहिने निर्णय र प्रत्याशा [ एन्टीसिपेसन] को कमि छ।

आफ्नो डीफेंसिभ लाइनबाट विपक्षीको पहिलो ‘लाइन अफ प्रेसर’ लाई तोड्दै माथिल्लो तहका मिडफिल्डर भेट्टाउन यी दुवै खेलाडीलाई हम्मे हम्मे पर्छ।

दुवै खेलाडी लिभरपुल, सिटि र चेल्सी जस्ता हाई प्रेसिंग टोलि विरुध चाडै दबाबमा आउने र समवेदनशील ठाउँमा बल गुमाउने गर्दछन्।  

‘बक्स टु बक्स’ मिडफिल्डर रहेका यी दुवै खेलाडी टेन ह्यागको शैलीमा दीर्घकालीन समाधान हैनन्।

क्रिस्चियन एरिक्सेनलाई अनुबन्धन गरिसकेपनि उनि उक्त स्थानका लागि चाहिने खेलाडी हैनन्। उनि प्लेमेकरको भूमिकामा देखिनेछन्।

ट्रान्सफर टार्गेट फ्रानकी डी जोंग उनको स्थानमा खेल्दै युनाईटेडको हुलिया परिवर्तन गर्न सक्ने ठुला खेलाडी हुन तर उनि बार्सिलोना छोड्न तयार छैनन्।

विन्डो अझै बाँकी रहेपनि यस्ती महत्वपूर्ण ठाउँमा युनाईटेडले चासो नदेखाउनु राम्रो संकेत भने होइन। 

Leave a Reply

Next Post

कप्तान खराब कि ब्याट्सम्यान?

Mon Jul 18 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| विश्वकप क्रिकेट लिग डिभिजन २ अन्तर्गतको त्रिकोणात्मक सीरीज सकेर नेपाली टोली यसै साता स्वदेश फर्कदैछ। स्कटल्याण्डमा घरेलु टोली स्कटल्याण्ड र नामिविया विरुद्ध आफ्नो पाँचौ त्रिकोणात्मक शृंखलामा नेपालले ४ खेलमा केवल २ अंक बटुल्न सफल भयो। पछिल्लो केही समययता विश्व क्रिकेटमा लगातार उच्च स्तरीय क्रिकेट खेल्दै आइरहेका […]
%d bloggers like this: