म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अष्ट्रेलिया भ्रमणमा रहेको इंग्लिस टोलि म्यानचेष्टर युनाईटेडले भ्रमण अन्तर्गतको तेस्रो जित हात पारेको छ। 

प्रि सिजन टुरको तेस्रो खेलमा युनाईटेडले अर्को इंग्लिस टोलि क्रिष्टल प्यालेस विरुद्ध ३-१ को विजय प्राप्त गरेको हो।

यसअघि रेड डेविल्सले लिभरपुल र अस्ट्रेलियन टोलि मेलबर्न विरुद्ध जित हात पारेको थियो। भ्रमणमा टोलीले लगातार तेस्रो पटक खेलमा ३ गोल गर्न सफल भएको छ।

युनाइटेडलाई जित दिलाउने क्रममा उसको अग्रपंक्तिका तिनै स्ट्राइकरले गोल गर्न सफल भएका थिए। 

जेडन सान्चो, मार्कस रासफोर्ड र एन्थोनी मार्सियलले गोल गर्दै युनाईटेडलाई सहज जित दिलाए। खेलको अन्तिम समयमा युनाईटेड १० खेलाडीमा सीमित हुन पुगेको थियो।

युनाईटेडका सेन्टर ब्याक विल फिस खेलको ८४औँ मिनेटमा रातो कार्ड खादै बाहिरिएका थिए।

प्यालेसका लागि सान्त्वना गोल जोल वार्डले फर्काए। प्रि सिजन अन्तर्गतकै अर्को खेलमा युनाईटेडले आउँदो शनिबार एस्टन भिल्ला विरुद्ध खेल्नेछ।

Leave a Reply

Next Post

१५ औं च्याम्पियन्स लिगका लागि मड्रिड टोलीलाई दबाब

Tue Jul 19 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजनको अद्भुत सफलतासँगै रियल मड्रिड टोलीलाई इटालियन प्रशिक्षक कार्लो एन्सेलोटीले अर्को चुनौतीको थपेका छन्।  स्पेनी पत्रिका मार्काले जनाए अनुसार रियल मड्रिडका अध्यक्ष पेरेज र प्रशिक्षक कार्लो एन्सेलोटीले १५औं च्याम्पियन्स लिगका लागि टोलीलाई दबाव दिएका छन्। रिपोर्टमा बताउँदै पत्रिकाले मड्रिडले गत वर्ष पाएको सफलता अब विगत भइसकेको […]
%d bloggers like this: