म्यानचेस्टर युनाईटेडले अर्का खेलाडी भित्र्याउँदै

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्यागको योजना अनुसार ट्रान्सफर विन्डोमा अर्को खेलाडी भित्र्याउने भएको छ।

गत महिना देखिनै युनाईटेड संग बारम्बार नाम जोडिरहेका अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्टीनेजसंग युनाईटेड नजिकिएको हो। 

आयक्समा गतसाता बसेको बैठकले आफ्ना खेलाडीलाई बेच्ने निर्णय गरेसँगै, युनाइटेडको सम्भावना उच्च देखिएको रिपोर्टले बताएका छन्।

अर्जेन्टिनी खेलाडीका लागि म्यान्चेस्टर युनाइटेड र आर्सनल केही महिनायता प्रतिस्पर्धा गरिरहेका छन्।

तर खेलाडीले भने आफ्ना पूर्व प्रशिक्षक एरिक टेन ह्याग संगको पुनर्मिलनका लागि उत्सुक रहेको डच पत्रिकाहरुले बताएका छन्। 

हाल आयक्समा सेन्टर ब्याक रहेका मार्तिनेजका लागि युनाईटेडले गत साता ५० मिलियनको प्रस्ताव पेस गरेको थियो।

मार्टिनेजलाई युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागले पुर्ब क्लब आयक्समा करिब ७ मिलियनमा अनुबन्धन गरेका थिए।

अहिले युनाईटेडमा पुनः आफ्नो सफलतालाई निरन्तरता दिन टेन ह्याग इच्छुक रहेका छन्। 

आयक्सका लागि अहिले सम्म मार्टिनेजले १२० पटक उपस्थिति जनाईसकेका छन। ती सबै उपस्थितिहरू टेन ह्याग अन्तर्गत आएका छन्।

विहिबार डच रिपोर्टहरुले युनाईटेडले गरेको प्रस्ताव सकारात्मक रहेको र लिसंद्रो ओल्ड ट्राफर्ड भित्रिन सक्ने सम्भावना बढेको बताएका थिए।

आयक्सले माग गरेको ५० मिलियन प्रस्ताबमा सहमति जनाउन युनाईटेड राजि भएको थियो।

सेन्टर-ब्याकमा आर्सेनलको चासोमा उसले डिफेन्डरको लागि ३४ मिलियन बिड दर्ता गरेको बताईएको थियो तर त्यो प्रस्ताव आयक्सले अस्वीकार गरेको थियो।

ट्रान्सफर गुरु फाब्रिजियो रोमानोले बताए अनुसार अब रेड डेभिल्स र खेलाडी बिचको सम्झौता लगभग तय हुने निश्चित भइसकेको छ। 

लिसान्ड्रो बहुमुखी गुण भएका रक्षात्मक खेलाडी हुन् जो सेन्टर ब्याक र डिफेन्सिभ मिडफिल्ड दुवै पोजिसनमा खेल्नसक्छन।

उनीभन्दा अघि युनाइटेडले फेयनवुर्डबाट लेफ्ट ब्याक मालासिया भित्र्याईसकेको छ। अर्का मिडफिल्डर एरिकसेन पनि युनाईटेड भित्रिने लगभग पक्का भैसकेको छ।

 

 

 

Leave a Reply

Next Post

बार्सिलोनाले डी जोंगलाई गलहत्यायो

Thu Jul 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेड र बार्सिलोना डच खेलाडी खेलाडी फ्रानकी डी जोंगको लागि सहमतिमा पुगेका छन्। विभिन्न आधिकारिक स्रोतले जनाएअनुसार म्यान युनाईटेडले मिडफिल्डरका लागि ८५ मिलियनको प्याकेजमा सहमति गरेको छ। जसमध्ये ७५ मिलियन क्लबले सोझै तिर्ने छ भने अन्य १० मिलियन एड्-अनमा समावेश गरिने भएका छन्। यसैसाता म्यानचेस्टर […]
%d bloggers like this: