सुरु भयो युनाईटेडको अत्यासलाग्दो ट्रान्सफर नीति

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ट्रान्सफर मार्केट बन्द हुने दिन नजिकिंदै जाँदा युनाईटेडले यसै सिजन विदा लिएका खेलाडीहरुलाई प्रतिस्थापन गर्न सकेको छैन।

फ्रान्सेली खेलाडी पल पोग्बा संगै नेमान्या माटिच, हुवान माटा जस्ता खेलाडीले युनाईटेडलाई यसै सिजन विदाई गरे तर उनीहरुको ठाउँ परिपूर्ति भएको छैन।

केहि चर्चित खेलाडीहरुसँग आफ्नो नाम जोडिए पनि युरोपेली फुटबल गुमाउन पुग्दा आफूले चाहेका खेलाडीहरु पाएको छैन। 

आफूले चाहेका खेलाडीसँगै उक्त स्थानका लागि वैकल्पिक तरिकामा जान सधैँ योजनाविहिन रहने युनाईटेडको अत्यासलाग्दो कथा पुनः सुरु भएको छ। 

लगातार ३ महिना यता फ्रांकी डी जोंगको पछि लागेको युनाईटेडले, इटालियन टोलि युभे संग मिडफिल्डर एड्रियन रेबियोटका लागि पहल सुरु गरेको छ। 

उनीसँगै रेड डेभिल्सले अर्का मिडफिल्डर सेर्गेज मिलिन्कोभिक साभिकलाई पनि आफ्नो निशाना बनाएको छ।

सेर्गेज र राबीयोट यसघि पनि युनाईटेड संग जोडिएका खेलाडीहरु थिए।

राबियोटका लागि युभे संग म्यानचेष्टर युनाइटेडले शुल्क सम्झौता जनाइसकेको छ भने खेलाडी युनाइटेडमा जोडिने निश्चित प्राय: देखिन्छ। 

अर्का सर्बियन खेलाडी पुनः जोडिनु नौलो कुरा हैन तर यिनको पोजिसन पनि प्राकृतिक डिफेन्सिभ मिडफिल्ड भने हैन।

माउरिन्हो र पोग्बाको सम्बन्ध बिग्रिए पश्चात सेर्गेज युनाईटेड आउने सम्भावना बलियो बनेको थियो।

बिगत एक दशक यता म्यान्चेस्टर युनाइटेडमा कुनै पनि गतिला डिफेन्सिभ मिडफिल्डरले पाइला राखेका छैनन्।

नेमान्या माटिच आफ्नो सवैभन्दा उत्कर्ष समय चेल्सीमा बिताईसकेपछि युनाईटेडमा भित्रिएका थिए।

यसै सातादेखि सुरु भएको इंग्लिस फुटबलको नयाँ सिजनमा म्यानचेस्टर युनाईटेडले पहिलो खेलमै हार व्यहोरे पश्चात सामाजिक सन्जालमा आलोचना सुरु भएको छ।

निकै लामो समय देखि यथावत रहेको मिडफिल्डको समस्याले पिरोली रहँदा युनाईटेड अन्तिम समयमा ‘प्यानिक बाई’ तर्फ सधै लम्कने गरेको छ।

यस्ता ट्रान्सफरले क्लबलाई दिर्घकालिन रुपमा अहिले सम्म फाइदा पुर्याउन सकेको छैन।

यी दुवै ट्रान्सफरले युनाईटेड पुनः ढाकछोप रणनीति तर्फ लागेको प्रस्ट देखिन्छ।

 

Leave a Reply

Next Post

बर्नार्डो सिल्भाका लागी बार्सिलोनाद्वारा गृहकार्य सुरु

Wed Aug 10 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले आफ्ना प्रमुख ट्रान्सफर टार्गेट तथा म्यानचेस्टर सिटिका मिडफिल्डर बर्नार्दो सिल्भा भित्र्याउन पहल सुरु गरेको छ। स्पेनी रिपोर्टहरुले जनाए अनुसार बार्सिलोनाले सिल्भालाई क्लबमा ल्याउन म्यानचेस्टर सिटि संग शुल्क सम्झौतामा अघि सरेको जेरार्ड रोमेरोले बताएका छन्। शुल्कमा सम्झौता नभईसके पनि आगामी दिनमा कार्ययोजना तयार पारिने र सिटिका बोर्ड […]
%d bloggers like this: