हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| गत सिजन इंग्लिस प्रिमियर लिगमा छैटौं स्थान हात पारेको म्यानचेस्टर युनाईटेड, टोलीमा व्यापक सुधार गर्न लागिपरेको छ।
नयाँ प्रशिक्षक एरिक टेन ह्यागले रेड देभिल्सलाई पुरानै धारमा फर्काउने वाचा गरेका छन् र काम जारि छ।
म्यानचेस्टर युनाइटेडले २२ वर्षीय पोर्टो स्ट्राइकर इभानिल्सनलाई दोस्रो प्रस्तावको तयारी गरिरहेको बताइएको छ।
यस अघि पोर्चुगिज च्याम्पियन पोर्टोले आफ्ना महत्वपूर्ण खेलाडी बताउंदै युनाईटेडको ६५ मिलियन युरो अस्वीकार गरेको रिपोर्टले बताएको छ।
ब्राजिलियनलाई पोर्टोले २०२० मा फ्लुमिनेन्सबाट ८.८ मिलियन युरोमा किनेको थियो।
प्रिमाइरा लिगामा आफ्नो पहिलो सिजनमा २४ खेलमा चार गोल गरेपछि, उनले आफ्नो दोस्रो अभियानमा ४६ खेलमा २१ गोल गरेका छन्।
म्यानचेस्टर युनाइटेड फुटबल व्यवस्थापक रिचार्ड आर्नोल्डले यसै साता आफ्ना समर्थकहरु सँग भेटघाट कार्यक्रममा राम्रा खेलाडी भित्राउन सक्दो प्रयास गर्ने भनेका थिए।
आयक्सका डीफेन्डर जुरेन टिम्बर युनाईटेड संग जोडिएपनि अहिलेको अवस्थामा उनि क्लबमा आउन सक्ने स्थिति छैन।
नेदरल्याण्डका प्रशिक्षक लुइस भान हालले म्यान्चेस्टर युनाइटेड गएको खण्डमा उनलाई राष्ट्रिय टोलीमा पर्न गाह्रो हुने चेतावनी दिएका रिपोर्टहरु बाहिरिएका छन्।
यसैगरी बार्सिलोनाका मिद्फिल्डर फ्रानकी डी जोंगका लागि रेड्स टोलीले अर्को प्रस्ताब आउँदो सप्ताहमा पठाउने भएको छ।
उसले पहिलो पटक गरेको ६५ मिलियनको प्रस्ताब बार्सिलोनाले अस्विकार गरेको थियो।
बार्सिलोनाले आफ्नो मिडफिल्डरका लागि कम्तीमा पनि ८० मिलियन युरो तिर्नुपर्ने प्रस्ताव राखेको छ।
द सनले पनि आयक्सका विङ्गर एन्टोनी, एरिक टेन ह्यागको लागि गम्भीर लक्ष्य भएको रिपोर्ट गरिरहेको छ।
डेनमार्कका स्टार खेलाडी क्रिश्चियन एरिक्सनलाई पनि साइन इन गर्न मनाउने आशा गरेको छ।
ब्रेंटफोर्ड सँग सम्झौता सकेपछि हाल फ्री ट्रान्सफरमा रहेका एरिकसेनलाई युनाईटेड संगै स्पर्सले पनि मनाउने कोशिस जारि राखेको छ।