हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| युरोपेली प्रि सिजन अन्तर्गत आज देखि सुरु भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले शानदार जित हात पारेको छ।
थाइल्यान्ड स्थित राजामंगला स्टेडीयममा भएको खेलमा लिभरपुललाई ४-० ले हराउँदै युनाइटेडले प्रि सिजनको सुखद सुरुवात गरेको हो।
पहिलो हाफमा अधिकांश पहिलो रोजाइका खेलाडीले भरिएको युनाइटेडले ३-० को अग्रता लिन सफल भएको थियो।
युनाईटेडको जितमा जेडन सान्चो, फ्रेड, एन्थोनी मार्सियाल र फेकुन्दो पेलेस्ट्रीले गोल गर्दै टोलीलाई शानदार जित दिलाए।
म्यानचेष्टर युनाइटेडका नयाँ प्रशिक्षक एरिक टेन ह्यागको नेतृत्वमा टोलीको यो पहिलो जित रहेको छ।
जुन ३१ तारिख सम्म चल्ने मैत्रीपूर्ण खेलमा युनाइटेड ले अब आउदो शुक्रबार अस्ट्रेलियामा आफ्नो अर्को खेल खेल्दैछ।
शुक्रबार मेलबर्न विरुद्धको खेल पछि युनाईटेडले स्पेनिस टोलि एटलेटीको मड्रिड विरुद्ध प्रतिस्पर्धा गर्नेछ।
लिभरपुलका कीर्तिमानी रकममा भित्रिएका डार्विन नुनेजका लागि आफ्नो पहिलो खेल भने सम्झन लायक रहेन।
लिभरपुलका अधिकांश पहिलो रोजाइका खेलाडीले खेलको अन्तिम ३५ मिनेट मैदानमा बिताएका थिए।
लिभरपुलले आफ्नो अर्को खेल अब क्रिस्टल प्यालेस विरुद्ध आगामी शुक्रबार खेल्दैछ।