परिस्थितिको चपेटामा डी जोंगको बार्सिलोना करियर

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अहिलेको ट्रान्सफर मार्केटमा सबैभन्दा चर्चाको विषय मध्येको एक हो फ्रानकी डी जोंगको भविष्य।

सन् २०१९ मा डच टोली आयक्सबाट सनसनीपूर्ण ७५ मिलियनमा बार्सिलोना भित्रिएका फ्रानकी हाल बहिर्गमनको संघारमा छन्।

उनले आफ्नो बाल्यकाल देखि अहिले अहिलेसम्म सबैभन्दा बढी रुचाएको क्लब मध्येको एक हो बार्सिलोना।

आयक्स र बार्सिलोनाको सिद्दान्त मेल खाएर पनि होला उनलाई बार्सिलोनाले एकबेला मरिहत्ते गरेर आफ्नो क्लब भित्र्याएको थियो।

बार्सिलोनाले खेल्ने शैलीमा उनको खेल शैली मिल्दछ। पाको हुँदै गएका स्पेनिस मिडफिल्डर बुस्केट्सको उत्तराधिकारीका रूपमा उनलाई हेरिएको थियो।

तर अहिले अवस्था र नियतिको बीचमा रहेर उनले आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय लिने घडी आइपुगेको छ।

म्यानचेस्टर युनाईटेडले डच प्रशिक्षक एरिक टेन ह्याग नियुक्त गरे सँगै उनी आफ्ना सबैभन्दा भरपर्दा खेलाडी डी जोंग भित्राउन आतुर छन्।

टेन ह्याग र फ्रांकीले आयक्समा गरेको तहल्का उनी म्यानचेस्टरमा पनि दोहोर्याउने विचारमा छन्। 

तर आफ्नो साख गुमाएको म्यानचेस्टरमा आउने मनासय भने मिडफिल्डरले बनाएका छैनन्। 

बार्सिलोना अहिले आफ्नो आर्थिक स्थितिका कारण आफुले चाहेको खेलाडी भित्र्याउने अवस्थामा छैन। 

आफ्नो आर्थिक अवस्था कै कारणले गर्दा इतिहासकै सर्वश्रेष्ठ खेलाडी रहेका लियोनल मेस्सीको सम्झौता नवीकरण पनि गर्न सकेन। 

धेरै भन्दा धेरै पैसाको खाँचो भएको अवस्थामा बार्सिलोनाले उनलाई राम्रो प्रस्ताव आएमा बेच्न सक्ने आधार तयार भएका छन्। 

आफ्नो ट्रान्सफरको हल्लाले व्यापकता पाएपछि डच खेलाडी डी जोंगले गत महिना आफू बार्सिलोनाका खेलाडी भएको र क्लब नछाड्ने तर्क दिएका थिए। 

क्याटलन टोलीका प्रशिक्षक जाभीले पनि उनी आफ्नो टोलीको महत्वपूर्ण सदस्य भएको र बेच्न नसकिने बताएका थिए। 

तर सिजनको अन्त्यमा आइसकेपछि जाभीले फुटबलमा जे पनि हुन सक्ने संज्ञा दिएपछि उनको भविष्य एकाएक चुलियो। 

बार्सिलोनाले म्यानचेष्टर सिटीका मिडफिल्डर बर्नार्दो सिल्भालाई आफ्नो मुख्य ट्रान्सफर टार्गेट बनाएको छ।

उनलाई भित्र्याउनका लागि भएपनि डच खेलाडी डी जोंगको वलिदान दिने पक्षमा बार्सिलोना पुगेको जस्तो देखिन्छ। 

म्यानचेस्टर युनाईटेडले अघिल्लो साता गरेको ६० मिलयनको प्रस्ताव टुक्र्याएको बार्सिलोना, अहिले दोस्रो चरणको वार्तामा रहेको कुरा बाहिरिएका छन्। 

नचाहेरै भएपनि प्रतिकूल अवस्थाका कारण डी जोंग अहिले आफुले बाल्यकालदेखि समर्थन गर्दै आइरहेको क्लब छाड्नुपर्ने अवस्थामा पुगेका छन्। 

 

Leave a Reply

Next Post

पिएसजी र नेमारको सम्बन्ध चिसिँदै

Mon Jun 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| पीएसजीका अध्यक्ष नासेर अल-खेलाफीले क्लबमा आफ्नो भविष्य सुनिश्चित गर्न नचाहेको कारण नेयमार निराश भएको रिपोर्ट बाहिरिएका छन्। ब्राजिलका स्टार खेलाडी अब पार्क डेस प्रिन्सेसबाट अन्यत्र भविष्य खोज्न इच्छुक रहेको फ्रान्सेली रिपोर्टहरुले बताएका छन्।  केलियन एमबाप्पेले नयाँ सम्झौता गरेपछि अल-खेलाफी हालैको एक अन्तर्वार्तामा यो रिपोर्टलाई खारेज गर्न […]
%d bloggers like this: