हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाइटेडका प्रशिक्षक एरिक टेन ह्यागले रोनाल्डोको भविष्य युनाईटेडमै भएको बताएका छन्।
ओल्ड ट्राफोर्ड छोड्ने चाहनाको बाबजुद स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो यस समरमा बिक्रीको लागि नभएको स्पष्ट पारेका छन्।
अर्को सिजन च्याम्पियन्स लिग खेल्न आतुर भएकाले क्रिस्टियानोले क्लबबाट बाहिरिने बाटो खोज्ने आफ्नो चाहना खुलाईसकेका छन।
क्लब भने उनको इच्छाबाट विचलित नभई, उनलाई २०२२/२३ को लागि आफ्नो टोलीमा राख्ने योजना बनाएको छ।
म्यानचेस्टर युनाइटेडको प्रि-सिजन अन्तर्गत, थाइल्याण्ड र अष्ट्रेलियाको भ्रमणका लागि नपुगेकाले पछिल्लो समय रोनाल्डोको बारेमा धेरै कुरा भनिएको र लेखिएको छ।
“व्यक्तिगत समस्याका कारण उ हामीसँग छैनन्। हामी यो सिजन क्रिस्टियानो रोनाल्डोसँगको योजनामा छौं । त्यो सत्य हो,” टेन ह्यागले भने।
“म उनिसँग काम गर्न उत्सुक छु। क्रिस्टियानो बिक्रीको लागि होइनन र छैनन्। उनि हाम्रो योजनामा छन्। हामी सँगै सफलता चाहन्छौं।”
“मेरो [ रोनाल्डोसँग ] राम्रो कुराकानी भयो । कुराकानीमा के भनियो क्रिस्टियानो र म बीचको कुरा हो”
“तर हामीले सँगै धेरै राम्रो कुराकानी गरेका थियौं र यो कुरा म यहीं बताउन चाहन्छु।”
लिभरपुल विरुद्धको खेल अघि बोल्दै म्यानचेस्टर युनाइटेडका प्रशिक्षकले, कप्तानको जिम्मेवारी यथावत हुने स्पष्ट पारेका छन्।
अर्थात ह्यारी म्यागुइरनै क्लबको कप्तान रहनेछन्। यद्दपी पछिल्लो समय उनको खराब प्रदर्शनका कारण धेरै समर्थकहरूबाट उनि आलोचनाको पात्र बनेका छन।
त्सपछि टेन ह्यागले नयाँ ट्रान्सफर खेलाडीहरुको बारेमा छलफल गरे।
बार्सिलोनासँग सम्झौतामा रहेको कारण उनले फ्रेन्की डी जोङको बारेमा कुरा नगर्ने स्पस्ट पारे।
उनलाई क्रिश्चियन एरिक्सनको बारेमा पनि सोधिएको थियो, पछिल्लो अवस्था अनुसार उनले म्यानचेस्टर युनाइटेडसँग मौखिक सहमति गरिसकेका छन्।
“हामी सही खेलाडीहरू थप्न चाहन्छौं,” टेन ह्यागले भने।
“हामीसँग साँच्चै राम्रो टोली छ, हामी हाम्रो खेल्ने तरिका विकास गर्न काम गरिरहेका छौं।” उनले बताए।