हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| डच टोली आयक्सबाट निकै अपेक्षाका साथ भित्रिएका डच प्रहिक्षक एरिक टेन ह्यागले पहिलो खेलमै प्रिमियर लिगको स्वाद चाखेका छन्।
सुपर सन्डेमा लिगमा पहिलो खेलमा जित निकाल्दै आफ्नो स्वर्णिम यात्रालाई निरन्तरता दिने टेन ह्यागको सपना अधुरै रह्यो।
नेदरल्यान्ड्समा तीन पटक शीर्ष डिभिजनको उपाधि समेत जितेका टेन ह्यागले युनाइटेड बदल्ने विश्वास गरिए पनि पहिलो गाँसमै ढुंगा लागेको छ।
ग्राहम पोट्टरको नेतृत्वमा रहेको ब्राइटनले म्यानचेष्टर युनाइटेडलाई २-१ गोल अन्तरले पराजित गर्दै आफ्नो ऐतिहासिक जित निकालेको थियो।
लिग सुरु हुनुअघि प्रिसिजनमा भएका खेलहरुमा जस्तो आकर्षक खेल, आफ्नो घरेलु मैदानमा भएको पहिलो खेलमा देखिएको थिएन।
खेलको सुरुवाती मिनेट देखि नै निकै सुस्त देखिएको म्यान्चेस्टर युनाइटेडको खेलले २ गोलले पछि परेको अवस्थामा पनि गति लिन सकेको थिएन।
पछिल्ला ३ सिजन यता मिडफिल्डमा निकै खराब प्रदर्शन गरिरहेका फ्रेड र म्यक्टोमीनेको जोडीले टोलीलाई पुनः निराश बनाउन पुगे।
दुवै खेलाडीको गलत पोजिसनिंग, तालेमलको कमि र पिचमा अग्रपंक्तिमा भएका दुई नम्बर १० लाई भेट्न नसक्नुको पिडाले पहिलो हाफ भरी पिरोलीरह्यो।
विगतका दुई व्यवस्थापकहरु संगपनि उस्तै किसिमको कमजोरी देखाउने यी दुवै खेलाडीलाई लक्षित गर्दै, ग्राहम पोट्टरले जसरि मिडफिल्डमा बल खेलाए, त्यो तारिफ योग्य छ।
मिडफिल्ड सँगै म्यान्चेस्टर युनाइटेडका दुवै फुल्ब्याकले आफ्ना अग्रपंक्तिमा भएका विंगरहरुलाई साथ दिन सकेनन्।
अर्का पोर्चुगिज मिडफिल्डर ब्रुनो फर्नानडेसको लयमा पनि ठुलो ह्रास आएको छ।
उनले न त विंगर न त फरवार्डलाई जोड्न सकेका छन् न त पिचमा प्रभावशाली प्रदर्शन नै।
लुक श, मार्कस रासफोर्ड, डालोट, फ्रेड, मग्वायर, यी तिनै खेलाडीहुन जो यसअघिका व्यवस्थापकहरुका पालामा पनि खासै जम्न सकेका थिएनन।
फ्रांकी डी जोंगको पुच्छर लागेर हिंडेको दुई महिना भन्दा बढी भइसक्दा उक्त ट्रान्सफरले मुर्तरुप पाउन सकेको छैन।
न त उनका ठाउँमा अन्य खेलाडीनै पहल गरको देखिन्छ।
टोलीमा रहेको कमी कमजोरीलाई सुधार्दै नयाँ सिजनमा नयाँ व्यवस्थापक सँग मिलेर काम गर्नुपर्नेमा, म्यान्चेस्टर युनाइटेड अझै पनि अलमल गरिरहेको देखिन्छ।