टेन ह्यागको इमेल: “तिम्रो अहंकार घरमै राख”

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| ओल्ड ट्राफोर्डमा एरिक टेन ह्यागको आगमनले म्यानचेस्टर युनाइटेडमा परिवर्तन ल्याउने प्रबल सम्भावना छ। 

गत सिजनमा च्याम्पियन्स लिगमा छनौट हुन सफल भएपछि उनको प्रमुख चुनौती भनेको टोलीलाई शीर्ष चारमा फर्काउनु रहनेछ।

क्लबलाई नयाँ दिशा दिनका लागि लगातार काम गरिरहेका टेन ह्यागले आफ्ना खेलाडीहरुलाई इमेल पठाएको रिपोर्ट सार्वजनिक भएको छ। 

डच प्रशिक्षकले आफ्नो इमेलमा ड्रेसिङ रुममा अहंकार कुनै पनि हालतमा नसहने भनेर स्पष्ट पारेका छन।

द सनका अनुसार टेन ह्यागले इमेलमा टोलीभन्दा महत्वपूर्ण कोही नभएको उल्लेख गरेको छ।

“नयाँ प्रशिक्षकले पहिलो टोलीका खेलाडीहरूलाई इमेल पठाएका छन्,”

“उनीहरूलाई फुटबल एक टिम खेल हो र कुनै पनि व्यक्ति अरू भन्दा महत्त्वपूर्ण छैनन” द सनले बताएको छ।

टेन ह्यागले आफ्ना खेलाडीहरूले पिचमा र बाहिर केही नियमहरू पालना गर्न, आफ्नो ख्याल राख्दै सन्तुलित निजी जीवन बिताउन पनि जोड दिएको उल्लेख गरिएको छ।

“उनी सर एलेक्स फर्ग्युसन जस्तै हुनेछन् ,” स्रोतले थप्यो। “फर्गीलाई आफ्ना खेलाडीहरूको बारेमा सबै कुरा थाहा थियो।”

व्यवस्थापन र रणनीतिका बारेमा आफ्नो पूर्व गुरु पेपबाट पनि सिकेका टेन ह्यागले उनकै शैली अपनाउनेमा शंका छैन।

 विगतमा बायर्न म्युनिखमा काम गरिसकेका टेन ह्यागले क्याटालान प्रशिक्षकसँग सहकार्य गरेका छन्।

“मैले [गार्डियोला ] बाट धेरै कुरा सिकें ,” उनले स्पोर्ट बिल्डसँगको अन्तर्वार्तामा भने।

“उनको फिलोसफी [दर्शन] सनसनीपूर्ण छ र मैले आयक्समा कार्यान्वयन गर्न खोजेको छु ।

” गार्डियोला वा म्याथियास समर जस्ता प्रभावशाली व्यक्तित्वहरूसँग यति ठूलो क्लबमा काम गर्नु चिट्ठा जित्नु जस्तै थियो।”

टेन ह्यागले हाल क्लबको हरेक सानो विवरणको हेरचाह गरिरहेका छन।

द सनका अनुसार, रेड डेभिल्ससँग सम्झौतामा हस्ताक्षर गरेपछि उनकै अनुरोधमा क्लबले पोषणमा ध्यान दिन नयाँ शेफ नियुक्त समेत गरेको छ।

म्यानचेस्टर युनाइटेडले एडिन्सन काभानी , ली ग्रान्ट , जेसी लिंगार्ड , जुआन माटा , नेमान्जा माटिक, पाउल पोग्बा र एकेडेमीका पाँच खेलाडीसहित ओल्ड ट्राफोर्ड छोड्ने घोषणा गरिसकेको छ ।

म्यानचेस्टर युनाइटेडमा गतिशीलता परिवर्तन गर्ने उनको प्रमुख चुनौति रहेको छ।

जसले गत सिजनका अपेक्षाहरू पूरा गर्न असफल भएपछि समर्थक तथा दर्शकदीर्घामा आएको निराशापन निर्क्यौल गर्नु अर्को प्रमुख चुनौती रहेको छ।

यसैबीच उनका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो भने सिजन अगावै टेन ह्यागको नियुक्तिको पक्षमा उभिएका छन्।

“मलाई थाहा छ उसले आयाक्सको लागि उत्कृष्ट काम गरेका छन र एक अनुभवी प्रशिक्षक हुन,”

“तर हामीले उनलाई समय दिन आवश्यक छ र उनले चाहेको परिवर्तन गर्न आवश्यक छ।” रोनाल्डोले क्लबको मिडियालाई बताए।

 

Leave a Reply

Next Post

भारत विरुद्ध दक्षिण अफ्रिकाको लगातार दोस्रो जित

Sun Jun 12 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारत भ्रमणमा रहेको दक्षिण अफ्रिकी टोलीले दोस्रो ट्वान्टी अन्तर्राष्ट्रिय खेलमा पनि जित निकालेको छ। पहिलो टी ट्वान्टी खेलमा ७ विकेटको विशाल जित दर्ता गरेको दक्षिण अफ्रिकाले दोस्रो खेलमा ४ विकेटको रोमाञ्चक जित हात पारेको हो।  भारतले दिएको १४९ रनको मध्यम लक्ष्य दक्षिण अफ्रिकी टोलीले १८.२ ओभरमा […]
%d bloggers like this: