हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| बार्सिलोनाले अर्का डिफेन्डर मार्को एलोन्सो भित्र्याउने पक्का भए संगै हरेक स्थानका लागि कम्तिमा दुई खेलाडी उपलब्ध हुने भएका छन्।
बार्सिलोनाले यसैसाता चेल्सी सँग स्पेनिस खेलाडीका लागि आफ्नो अन्तिम प्रक्रिया सुरु गरेको बताइएको छ।
चेल्सीलाई युरोपियन देखि घरेलु उपाधि जिताउन उल्लेख्य भूमिका खेलेका मारकोका लागि बार्सिलोनाले १० मिलियन भन्दा कममा सम्झौता गर्नेछ।
यो ट्रान्सफरले सार्थकता पाए बार्सिलोनाले वर्तमान अवस्थामा मैदानमा हरेक स्थानका लागि कम्तीमा पनि दुई खेलाडी तयार राख्नेछ।
सेर्जिनो डेस्ट हाल बार्सिलोनामा एक मात्र दुवै फ्ल्यांकमा विकल्पको रुपमा रहेका छन तर उनको स्थान पनि चोटका कारण पक्का हुने स्थितिमा छैन।
जोर्डी अल्बाले लेफ्ट ब्याकको भूमिका बखुवीले निभाउदा, एलेक्स बल्डे उनको विकल्पका रुपमा रहन सक्ने छन्।
अग्रपंक्तिका खेलाडी मात्र नभई फुल ब्याक तथा विंग क्षेत्रबाट पनि उत्तिकै दख्खल पार्नसक्ने खेलाडीको खोजीमा रहेका जाभीका लागि एलोन्सो हाल उत्तम विकल्प रहेकाछन्।
हाल फुल्ब्याकमा रहेको कमिलाई हटाउन जाभीले चेल्सीकै एज्पिलीकुएटा र मार्को एलोन्सोलाई आफ्नो प्राथमिकतामा राखेका थिए।
उमेरले ३१ औं बसन्त पार गरिसके पनि स्पेनी खेलाडी मार्कोले अहिले सम्म गुणस्तरमा भने कमि आउन दिएका छैनन्।
सन् २०१६ मा चेल्सी भित्रिए पश्चात मार्कोले क्लबलाई प्रिमियर लिग उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए।
टुकेलको नेतृत्वमा चेल्सीका लागि दोस्रो च्याम्पियन्स लिग उपाधि जित्दा पनि उनि टोलीको महत्वपूर्ण सदस्य रहेका थिए।
वर्तमान स्थानान्तरण विन्डोमा मारको एलोन्सो बार्सिलोनाका लागि छैठौं महत्वपूर्ण खेलाडी हुने संघारमा छन्।
जारी ट्रान्सफर विन्डोमा बार्सिलोनाले रोबर्ट लेवान्डोस्की, लिड्सबाट राफिन्हा, एसी मिलानबाट फ्रान्क केसे र चेल्सीबाट आन्द्रेअस क्रिसटिनसेन ल्याईसकेको छ।
सेवियाका डिफेन्डर जुल्स कुण्डेलको रोजाईमा समेत बार्सिलोना पर्दा, क्लबले म्यानचेस्टर सिटिबाट बर्नार्डो सिल्भा ल्याउने हल्ला पनि व्यापक छ।