क्लब छोड्नु अघि भाबुक भए मेस्सी, केके भने त ? जान्नुहोस !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ। बार्सिलोना फुटबल क्लबबाट केहि दिन अगि फ्री एजेन्ट भै निस्किएका लायोनेल मेस्सीले आज प्रेस बिज्ञप्तिमा प्रत्यक्ष कुरा गर्दै आफ्ना धारणा राखेका थिए।

प्रेस बिज्ञप्ति अन्तर्गत मेस्सीले भाबुक बोलेका कुराहरु यस प्रकार रहेका छन् :

– ” बार्सिलोनामै रहन मैले स्वीकार गरिसकेको थिए, यो मेरो घर हो, हाम्रो घर। म बार्सामै बस्न चाहन्थे, प्लान त्यही थियो ,,,, अनि आज मैले मेरो पुरा जीवन बिताएको क्लबबाट बिदा हुन पर्दैछ। ”

– ” मेरो नया कन्र्याक्ट सबै सफल भैसकेको थियो। सबै कुरानै सफल भैसकेको थियो। मलाइ बस्न मन थियो, तर जब मा छुट्टीबाट फर्किए, मेरो लागि यो दुखको खबर छोडिएको थियो। छुट्टीबाट आएपछि लापोर्टाले भने जस्तै अन्तिम मिनेटमा जब सबै कुरा ठिक थियो, लालिगाले गर्दा कनट्राक्ट असफल हुन पुग्यो। ”

-“यो मेरो सबै भन्दा दुखको समय रहेको छ। तर अब मेरो यो क्लबमा फेरी फर्कने सम्भावना छ, संसारको सबै भन्दा राम्रो क्लब बनाउनलाइ मा जुन अवस्थामा पनि क्लबका लागि सेवा दिन तयार रहने छु। ”

– ” बार्सा सबैभन्दा राम्रो क्लब हो, नया खेलाडीहरु आउनेछन भबिष्यमा । क्लबमा धेरै राम्रा खेलाडीहरु छन् र राम्रा खेलाडीहरु आउने छन। तर लापोर्टाले भने झैँ सबै भन्दा क्लब नै महत्वपुर्ण हो र हुनेछ। ‘

– ” पेरिस सेन्ट जर्मन एक सम्भावन छ। तर यतिखेर केहि कुरा पनि टुंगो भएको छैन तर बार्सिलोनाको निर्णय पछाडी मलाइ धेरै फोन कलहरु आएका छन् र हामी यस बारे कुरा गर्दैछु। ”

– ” मलाइ निकै नरमाइलो लागेको छ किनभने मलाइ यो क्लब छोड्न मन लागेको थिएन। मलाई बार्सिलोनाको धेरै माया लाग्छ, मा यहि रहन चाहन्थे, मेरो सम्झौता पनि तयार थियो। मैले मेरो तर्फबाट सम्भब भएसम्म सबै कोसिस गरेको थिए, यहि रहनका लागि। ”

– ” बार्सिलोना संग कुनै पनि समस्या थिएन। सबै डिटेलका सम्बन्धमा मा सन्तुष्ट थिए र क्लब पनि थियो। सबै कुरामा हाम्रो समर्थन थियो। मा बार्सामै रहन चाहन्थे , तर लालिगाको नियमका कारण सबै कुरा असम्भब जस्तै भयो। ”

– ” मलाई फुटबल खेल्न मन पर्छ र मा त्यही गर्दै जाने छु ”

– ” मा ट्रेन गर्न फर्किने छैन, मा पिचमा फर्किने छैन , मा फर्किने छैन। यो क्लबमा अन्त्य यहि हो। अनि , यो मेरो करियरको सबै भन्दा गाह्रो समय हो। ”

– केहि छ कपट भएको होला त भन्ने सन्दर्भमा , ” अह छैन। सबै जनाले आफ्नो तर्फबाट हुन सक्ने सबै कुरा गरेको हो। सबै कुरा पारदर्श नै थियो। समस्या चाही, आफुले नबोल्दा अरुले धेरै कुरा भन्छन तर ति सबै कुरा चाहि सत्या हुदैनन्। ”

मेस्सीले आज भएको प्रेस कन्फेरेन्समा भाबुक हुदै बार्सिलोनाको यात्राका बारे कुरा गरेका थिए। यात्राको बारेमा बोल्दा उनका आशु भने थामिएनन।

आफ्नो बार्सिलोनामै रहने इच्छा भएपनि बस्न नपाएको उनले जनाए। उनले बार्सिलोनालाइ आफु संगै छोरा र श्रीमतीले पनि छोडे पनि, बार्सा सधै आफ्नो र आफुहरुको घरनै रहने जनाए।

Leave a Reply

Next Post

पारस खड्काको सम्मानमा जर्सी रिटायर गरिने, को को छन् त यस्तो सम्मान पाउने?

Sun Aug 8 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल क्रिकेट सङ्घ क्यानले पूर्वकप्तान तथा खेलाडी पारस खड्काले लगाउने गरेको ७७ नम्बरको जर्सीलाई रिटायर गरेको छ। नेपाली क्रिकेट इतिहासमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान, सबैभन्दा सफल कप्तान तथा सबै भन्दा उत्कृष्ट खेलाडीका रूपमा परिचित खड्कालाई सम्मान स्वरुप क्यानले सो निर्णय गरेको हो। टि २० विश्वकप […]
%d bloggers like this: