एम्बाप्पे, मेस्सी र नेमारका कारण पिएसजी कारवाहीमा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली च्याम्पियन पीएसजी, नासिर खलेफीले क्लब किने पछि खन्याएको पैसाका कारण बढी परिचित छ।

क्लबले लियोनेल मेस्सी, नेयमार र केलियन एमबाप्पे जस्ता अतिनै महँगा खेलाडीहरुलाई एकै ठाउँमा उभ्याएको छ। 

पछिल्ला तथ्यांक हेर्ने हो भने यी तिनै खेलाडीले मात्रै पेरिसको मासिक बिलमा ४०० मिलियन यूरो भन्दा बढी खर्च गरेको देखिएको छ।

नेमार र एम्बाप्पेको सम्बन्धमा पनि अहिले निकै चिसोपन छाएको त छ नै पिच बाहिर मेस्सी समेत गर्दा प्रत्येक हप्ता ज्यालामा ठूलो रकम खर्चिएको छ।

नेमारलाई बार्सिलोनाबाट भित्र्याउँदा युरोपेली फुटवलको वित्तीय नियम उलंघन गरेको आरोप लागेको पेरिसमा फेरि यस्तै समस्या दोहोरिने भएको छ। 

फ्रान्सेली रिपोर्ट एल एकिपे अनुसार अनुसार ती पारिश्रमिकहरूका कारण पिएसजीलाई फेयर प्लेको कारणले युरोपेली फुटबल संघले कारवाही गर्ने भएको छ।

फ्रान्सेली पत्रिकाले दावी गर्दै युरोपियन फुटबल संघले पिएसजी र मार्सेलीलाई सूचित गरेको बताएको छ। 

उनीहरूले आफ्नो तलब, फाइनान्सियल फेयर प्ले कोटा भन्दा बढी रहेको र उनीहरूले प्रतिबन्धको सामना गर्नुपर्ने एकिपेले जनाएको छ।

क्लबहरूले संघको भनाई विपरित मध्यस्थताको लागि अदालतमा जान सक्ने र उनीहरूलाई दिइएको जुनसुकै सजायको लागि अपील गर्न सक्ने बताईएको छ।

प्रतिवेदनका अनुसार क्लबहरुको गतिविधि युरोपको फुटबलको प्रशासकीय निकायको निष्कर्ष ‘अनुचित’ भएको र अन्य केही कारणहरू औंल्याएका छन्।

२०२० मा फ्रान्सेली लिग र चिनियाँ कम्पनी मिडियाप्रो बीच ३ बिलियनको सम्झौतामा टेलिभिजन अधिकारमा हालैको समस्याका कारण पनि असर परेको बताईन्छ।

पीएसजीका प्रख्यात फ्रन्ट थ्री अहिले विश्व फुटबलमा सबै शीर्ष तीन कमाउने फुटबलरहरु रहेका छन।

त्यसमाथि पनि एमबाप्पेको नयाँ सम्झौताको अर्थ उनी शीर्ष स्थानमा छन्।

विश्वकप विजेता एम्बाप्प्पेले यसै सिजन आफ्नो सम्झौताको म्याद सकिएर रियल म्याड्रिडमा सामेल हुने अपेक्षा गरिएको थियो तर उनले धारणा परिवर्तन गरेका थिए।

 

Leave a Reply

Next Post

जुल्स कुन्डे दर्ता गर्न किन ढिलाई?

Mon Aug 22 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं|जुल्स कुन्डे बार्सिलोनाका खेलाडी बनिसकेपानी अहिले सम्म लिगका कुनै पनि खेलमा सहभगी हुन पाएका छैनन्। सेभियाबाट ५५ मिलियनमा बार्सिलोनामा अनुबन्धित भएका जुल्स, लालिगामा अझै सम्म दर्ता हुन सकेका छैनन्। उनी बाहेक बार्सिलोनाले यसै सिजन किनेका सम्पूर्ण खेलाडिहरु भने लालिगामा दर्ता भइसकेका छन्। रोबर्ट लेवान्डोस्की, राफिन्हा, एन्ड्रियास क्रिस्टेनसेन […]
%d bloggers like this: