मेस्सीलाई पेरिसको नयाँ प्रस्ताव

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली टोली पेरिस सेन्ट जर्मनले लियोनल मेस्सीलाई नयाँ सम्झौताको प्रस्ताव तयार पारेको रिपोर्ट सार्वजनिक भएको छ। 

पीएसजी भित्र मार्काको स्रोतका अनुसार लियोनल मेस्सीलाई एक वर्षको सम्झौता लम्ब्याउनका लागि टोलीले सम्पर्क गरेको बताईएको छ।

अर्जेन्टिनी खेलाडीले पेरिसमा नयाँ सम्झौतामा हस्ताक्षर गरे सँगै उनको र क्लब विच थप लम्बिन सक्ने बताईएको थियो। 

मेस्सीलाई अहिलेसम्म आधिकारिक सम्झौता प्रस्ताव गरिएको छैन, तर क्लबले यसलाई पूरा गर्न आफ्नो इच्छा देखाएको छ।

अर्जेन्टिनि स्टार र उनको टोलीले निश्चित प्रतिक्रिया पाउन यो वर्ष धेरै चाँडो भएको र विशेष गरी अहिलेसम्म कुनै प्रस्ताव प्रस्तुत नगरेको रिपोर्टमा उल्लेख छ।

लियोनल मेसीले भने आउँदो नोभेम्बर-डिसेम्बर कतारमा हुने विश्वकप पश्चात आफूले आफ्नो भविष्य निर्धारण गर्ने बताएका छन्।

पेरिसले आफ्नो प्रस्ताव बढाउने मनसाय बनाइरहेको हुँदा मेसीको आधिकारिक जानकारी भने विश्वकपपछि मात्र हुने देखिन्छ। 

उनि भौतिक दृष्टिकोणबाट कहाँ हुनेछन, प्रेरणा कसरी अगाडि बढिरहेको छ र आफ्नो मनस्थिति सवै कुरा हेर्न चाहन्छन।

यसैपनि पहिलो सिजन पेरिस सेन्ट जर्मनमा उनको प्रदर्शन सम्झनलायक भने रहन सकेन।

पछिल्लो डेढ दशक यता सबैभन्दा खराब फर्मबाट गुज्रिएका मेस्सीले पेरिसमा चोट सँगै आफूलाई टोलीमा ढाल्न निकै संघर्ष गर्नुपर्यो।

आउँदो सिजनको तयारीका लागि पेरिसमा अर्जेन्टिनी खेलाडीले तयारी सत्र सुरु गरिसकेका छन्।

पिएसजीले आफ्नो नयाँ सिजनको पहिलो खेलमा जुलाई ३१ मा फ्रेन्च सुपर कप फाईनलमा न्यानटेस विरुद्ध खेल्नेछ।  

फ्रान्सेली राजधानीले मेस्सीसंगको सम्बन्ध लम्ब्याउन खोज्नुको मुख्य कारण खेलकुद मात्र नभई खेलकुद बाहिरका गतिविधि सकारात्मक पक्ष पनि रहेको छ 

यो फ्रान्सेली टोलीको जिम्मेवारी लिएपछि नासेर अल खेलैफीको सबैभन्दा लाभदायक वर्ष थियो, उनले ७०० मिलियन कमाए, यो संख्या मेस्सीको आगमन अघि कहिल्यै नदेखेको थियो।

मेस्सीको आगमन सँगै लिग १ च्याम्पियनलाई विभिन्न एक दर्जनभन्दा बढी प्रायोजकहरुको साथ रहेको छ। 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडले अर्का खेलाडी भित्र्याउँदै

Thu Jul 14 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेस्टर युनाईटेडले नयाँ प्रशिक्षक एरिक टेन ह्यागको योजना अनुसार ट्रान्सफर विन्डोमा अर्को खेलाडी भित्र्याउने भएको छ। गत महिना देखिनै युनाईटेड संग बारम्बार नाम जोडिरहेका अर्जेन्टिनी खेलाडी लिसान्द्रो मार्टीनेजसंग युनाईटेड नजिकिएको हो।  आयक्समा गतसाता बसेको बैठकले आफ्ना खेलाडीलाई बेच्ने निर्णय गरेसँगै, युनाइटेडको सम्भावना उच्च देखिएको रिपोर्टले बताएका छन्। […]
%d bloggers like this: