बार्सिलोनालाई यसकारण मेस्सीको जरुरत छ

हाम्रो नेपाल स्पोर्ट्स,काठमाडौं|गत सिजनको नमिठो बहिर्गमन पश्चातः बार्सिलोनाले लियोनल मेस्सीलाई पुनः फर्काउन स्थिति नियाली राखेको छ। 

ला लिगाको आर्थिक नियममा रहँदै आफ्ना सर्वकालीन उत्कृष्ट खेलाडीको सम्झौता नवीकरण गर्न नसके पश्चात, बार्सिलोनाले उनिसँगको साथ छोडेको थियो। 

तर उनको बहिर्गमनले क्लबलाई आर्थिकरूपमा मात्र नभई प्रदर्शनको हिसाबमा पनि ठूलो नोक्सानी हुन गयो।

ला लिगामा र युरोपले प्रतियोगिताहरुमा लगातारको कमजोर प्रदर्शनले क्लबलाई समस्या दिएको थियो नै, प्रायोजकहरु पनि गुमाउँदा क्लब झन् आर्थिक समस्यामा फसेको थियो। 

तर प्रशिक्षक जाभीले क्लबमा पुनरागमन गरेसँगै उनले लियोलाई पुनः फर्काउने बारेमा स्पेनिस मिडियाहरु लगातार रिपोर्ट गर्न थालेका थिए।

त्यो चाहे गतबर्षको विन्टर ट्रान्सफर विन्डो होस् या यसपटकको समर विन्डो, लियोनल मेस्सी बार्सिलोना संग पुनः एकपटक जोडिएका छन्। 

गतबर्ष बार्सिलोनाले लियोनल मेस्सीलाई उचित बिदाइ दिन नसकेका कारण, पुनः उनलाई उनको हैसियत अनुसारको अन्त्य दिन चाहन्छ।

क्लबका अध्यक्ष जोन लापोर्टा र वर्तमान प्रशिक्षक जाभीले पनि यो कुरालाई समर्थन गर्दछन र भनेका पनि छन्।

उनलाई बार्सिलोनामा पुनः फर्काउनुको प्रमुखले उद्देश्य भनेको आर्थिक सफलता रहेको छ र यसका लागि मेस्सी पक्कै पनि क्लबको उद्दार गर्न आउने छन्।

स्पेनिस क्लब लाई लिओ मेस्सीको जरुरत यतिबेला अरू बेलाको भन्दा बढी रहेको छ।

उनको आगमनले क्लबले पुराना सँगै नयाँ प्रायोजकहरु प्राप्त गर्नेछ, जसले क्लबको आर्थिक स्थितिलाई धेरै भन्दा धेरै राहत दिने देखिन्छ।

उनको नामसँगै कति अर्थ भित्रिन्छ भन्ने प्रष्ट उदाहरण यसपटकको पेरिस सेन्ट जर्मन भएको छ।

मेस्सी आएकै बर्ष उसले आफ्नो इतिहासकै सबैभन्दा बढी राजस्व सङ्कलन गरेको छ।

त्यसपश्चात अर्को प्रमुख उद्देश्य भनेको हाल टोलीमा रहेको गुणस्तरलाई थप बढावा दिनु हो। 

नयाँ व्यवस्थापनले राम्रा तथा उत्कृष्ट खेलाडीहरूको भण्डारण गरिरहेको बेला लियोनल मेसीको आगमन सुनमा सुगन्ध हुने अपेक्षा गर्न सकिन्छ। 

मैदान भित्र मात्र नभई बाहिर पनि उनले ल्याउने सफलताका कारण बार्सिलोना उनी उनको पछि लागिरहेको छ। 

Leave a Reply

Next Post

साफ च्याम्पियनशिप: बंगलादेशद्वारा भारत पराजित

Wed Jul 27 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| भारतमा जारि साफ यु २० च्याम्पियनशिप प्रतियोगिता अन्तर्गत घरेलु टोली भारतले पराजय बेहोरेको छ।  समूह चरणमा आफ्नो पहिलो खेल खेलेको भारतले बङलादेश विरुद्ध २-१ गोल अन्तरको पराजय बेहोरेको हो। अर्कोतर्फ बङ्लादेशी टोलीले भने लगातार दोस्रो जित निकाल्दै तालिकामा शीर्ष स्थान हात पारेको छ।  भारतको भुवनेश्वरमा भएको […]
%d bloggers like this: