मेस्सीले क्लब छोडेसंगै बार्सिलोनामा नरमाइलो माहोल, मेस्सीसम्मिलित फोटा हटाइदै !!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाण्डौ । आफ्ना पूर्व खेलाडी लियोनल मेस्सीले क्लब छाडे सँगै बार्सिलोनामा उनका तस्वीरहरु धमाधम हटाउन थालिएको छ।

करिब १७ बर्ष बार्सिलोनामा आफ्नो जीवन बिताएका मेस्सीले यसै साता अब बार्सिलोना छोड्ने कुरा प्रेस कार्यक्रममा बताएका थिए। बार्सिलोनाबाट क्लब फुटबलमा हरेक सर्वोत्कृष्ट उपाधि जितेका मेस्सी क्लबका सर्वकालीन महान खेलाडी हुन्।

पीएसजी सँग सम्झौता गरेको खबर बाहिर आएपछि उनका तस्बीरहरु स्टेडियम र वरपर बार्सिलोनाको स्वामित्वमा रहेको केही ठाउँ हरुबाट हटाउन सुरु गरिएको थियो।

आज दिउँसो बार्सिलोनाको नोउ क्याम्पबाट उनको तस्बिरहरु हटाइएको थियो। स्टेडियमको गेटमै देखिने उनका ठूला फोटाहरु क्रेन लगाएर निकालिरहेको दृश्य केही समर्थकहरुले सामाजिक सञ्जालमा पोस्ट गरेका थिए।

यता धमाधम मेस्सीका फोटा निकाल्दै गरिएतापनि उता पेरिसमा भने अहिले हर्षोल्लास छाएको छ। मेस्सीले पिएसजिसँग सम्झौता गरिसकेका छन् भने उनका पर्खाइमा पेरिसका समर्थकहरु उनलाई हेर्न आतुर छन्।

दुई वर्षका लागि पिएसजि संग सम्झौता गरेका उनले क्लबमा आफ्ना नजिक रहेका नेमार र डी मारिया सँग मिलेर कस्तो चमत्कारिक खेल देखाउने छन् त्यो त हेर्न बाँकी नै छ।

डी मारिया र मेस्सीले हालै भएको कोपा अमेरिका जित्न सफल भएका थिए। फाइनलमा डी मारियाले नै गोल गर्दै मेस्सीलाई आफ्नो जीवनको पहिलो अन्तराष्ट्रिय ट्रफी जिताउन सफल भए।

स्मरण रहोस् बार्सिलोनाका लागि मेस्सी, नेईमार र स्वारेज मिलेर सन् २०१५ मा विश्व फुटबलमा तहल्का मच्चाएका थिए। क्लब इतिहासमै दोस्रो पटक तीन मुख्य उपाधि जित्दै ट्रेवल जितेको थियो बार्सिलोनाले। खेल्ने शैली र एक आपसको मित्रता नजिक रहेको मेस्सी र नेमारबिच अब कस्तो खेल देख्न पाइन्छ भन्ने खुल्दुली रहनु स्वभविकै हो।

पिएस्जीले यस पटकको ट्रान्सफर मार्केटमा आफ्नो रणनीति बदलेको छ। सधैं ठूला ठूला रकममा खेलाडी किन्ने पेरिसले यसपालि भने ठूला ठूला हस्तिलाई फ्रि ट्रान्सफर मै ल्याउन सफल भएको छ।

रियल मड्रिडका डिफेन्डर सर्जियो रामोस पनि फ्रि ट्रान्सफरमै पिएसजि आएका हुन् भने एसी मिलानका गोलकिपर डोनारुम्मालाई पनि पेरिसले अर्को क्लबलाई पैसै नतिरी ल्याएको हो।

सरसर्ती हेर्ने हो भने पेरिसको टीम यस सिजन युरोपमै उत्कृष्ट रहेको छ। केही सिजन देखि उच्च फर्ममा रहेका फरवार्ड कीलियन एमबाप्पे, नेइमार छँदै थिए अब त झन् मेस्सी। डिफेन्समा पनि रामोस र हकीमी भित्र्याएपछि त हरेक स्थानमा अब्बल देखिन्छ फ्रेन्च महारथी।

दुई सिजन अघि युरोपियन फाइनल हारेको पीएसजि यस पटक भने सबै उत्कृष्ट खेलाडीहरूलाई आफ्नो क्लबमा राखेर चोट विर्स्याउने दाउमा छ त्यो पनि अब को च्याम्पियन्स लिग जित्दै।

Leave a Reply

Next Post

चेल्सीलाई अर्को युरोपियन कप जित्ने मौका

Wed Aug 11 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| यूईएफए सुपर कपको ४६औं संस्करणका लागि आज चेल्सी र भिल्ला रियाल भिड्दैछन्। खेल आज राती १२:४५ मा आयरल्याण्डको विन्सोर पार्कमा हुँदैछ। अघिल्लो वर्षको च्याम्पियन्स लिग विजेता र युरोपा लिग विजेता बीच सुपर कप खेलिने गरीन्छ। सन् १९७३ देखि आधिकारिक रुपमा हुँदै आएको यो प्रतियोगिता १९७४,१९८१ र […]
%d bloggers like this: