रामोस बिना आँफुलाई कठिन भएको मोड्रीचको स्वीकारोक्ति

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्रोएसियाली खेलाडी लुका मोड्रिचले रियल म्याड्रिडमा आफ्नो बसाइ विस्तार गरेको केहि समय बितिसकेको छ। 

एक दशक यता मड्रिडको मुटु रहेका लुका, कार्लो एन्सेलोटीको मिडफिल्डमा महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछन्।

चाहे जिदानको प्रशिक्षणमा लगातार तिन युरोपियन उपाधि होस या गत सिजनको जस्तो डबल उनको प्रेरणा सदैव उत्कृस्ट छ।

प्रि सिजनको अन्तर्वार्तामा उनले आगामी सिजन, एम्बाप्पे र रामोस संगै अबको बाटोको बारेमा आफ्नो भनाई राखेका छन्।

गत सिजन च्याम्पियन्स लिगको अर्को उपाधि जित्ने दौडमा मोड्रिचको महत्वपूर्ण भूमिका थियो र एम्बाप्पे नभएपनि टोली बलियो छ भन्ने विश्वास गर्छन्।

” एमबाप्पेले आफ्नो निर्णय गरे, त्यो उनको अधिकार हो र अब उनी त्यही निर्णयसँगै बाँच्न सिक्नुपर्छ,” मोड्रिचले स्पोर्ट्सकेलाई भने।

“हामी सबैले सोचेका थियौं कि उनि आउने छन, तर त्यस्तो भएन।”

“एमबाप्पे राम्रा खेलाडी हुन, तर कुनै पनि फुटबलर क्लब भन्दा महत्त्वपूर्ण छैन, रियल म्याड्रिड सबै भन्दा ठूलो हो र यो सधैं यस्तै हुनेछ।”

लामो समय पश्चात मेस्सीलाई अन्य क्लबमा देख्दा लेही अनौठो महसुस भएको उनले बताए

“यति धेरै क्लासिको पछि, अर्को जर्सीमा [लियोनेल] मेस्सी देख्नु दुर्लभ थियो ,” मोड्रिचले भने।

“[मेस्सी,नेयमार र एमबाप्पे] पेरिससँग प्रतिभाको संग्रह छ।”

 “तर हामी रियल म्याड्रिड हौं, जब हामीले आफ्नो लय फेला पार्यौं, फ्यानहरूको उत्कृष्ट समर्थनले, हामीले नतिजा आफ्नो पक्षमा पार्यौ।”

“त्यो एक शानदार रात थियो, मेरो लागि सबैभन्दा प्रभावशाली मध्ये एक।”

“त्यो जितले च्याम्पियन्स लिगमा हाम्रो सम्भावनाको सन्दर्भमा प्रशंसकहरूको धारणा परिवर्तन भयो, शंका हट्यो।”

मोड्रिचले सर्जियो रामोस बिना स्पेनको राजधानीमा आफ्नो पहिलो सिजन कठिन भएको बताए।

“तपाईंसँग धेरै समय घुलमिल भएका खेलाडीहरूको प्रस्थान प्रायः पीडादायी हुन्छ,”

“सर्जियो म मड्रिड गएको पहिलो दिनदेखि नै मेरो नजिक थिए। उनले मलाई रियल म्याड्रिडमा अनुकूल हुन मद्दत गरे, मलाई प्रोत्साहन र मेरो क्षमतामा विश्वास गरे।”

“हामी राम्रो साथी बन्यौं, हाम्रो परिवारहरू सँगै बस्यौं र हामीले अनेकौं ऋतु सँगै बितायौं।

“हामी अझै पनि हरेक दिन एक अर्कासँग कुरा गर्छौं तर फुटबल भनेको यस्तै हुँदो रहेछ।” उनले बताए।

 

Leave a Reply

Next Post

पुनर्निर्माणमा व्यस्त युभेन्टस

Mon Jul 4 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| सर्बाधिक सिरी ए च्याम्पियन टोली युभेन्टस हाल क्लबको पुनर्निर्माणमा अग्रसर बनेको देखिन्छ। सन् २०२० यता क्लब भित्र आन्तरिक समझदारी राम्रो बन्न नसक्दा क्लबले सिरिया उपाधि जित्नबाट वन्चित भइरहेको छ। सन् २०२० यता मिलानका दुई शीर्ष क्लबहरुले उपाधिमा कब्जा जनाउँदा, युभेन्टसका उपाधिको लागि एक छेउ पनि देखिएको […]
%d bloggers like this: