हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| म्यानचेष्टर युनाइटेड तथा रियल मड्रिडका पूर्व प्रशिक्षक जोजे माउरिन्हो पेरिस सेन्ट जर्मनका नयाँ प्रशिक्षकका लागि नयाँ नाम बनेका छन्।
हाल पिएसजीमा प्रशिक्षण दिइरहेका अर्जेन्टिनी प्रशिक्षक पोचेटिनहोको बर्खास्त नजिक भएसँगै पेरिसले जोसेलाई सम्भावित प्रशिक्षकको सूचीमा राखेको छ।
गत सिजनको युरोपेली च्याम्पियन्स लिगमा रियल मड्रिडको हातबाट नकआउट चरणमा बाहिरिएसँगै माउरिसियो दबाबमा रहेको रिपोर्ट आएका थिए।
मेस्सी, नेमार र एमबाप्पे जस्ता खेलाडीहरु अग्रपंक्तिमा रहेको पेरिसका लागि युरोपेली कप जितिसकेका जोसे उत्तम रोजाई बन्न सक्ने पेरिसको धारणा रहेको छ।
दुई पटकका युरोपेली च्याम्पियन्स लिग विजेता माउरिन्होले यी स्पेन ईटाली र इंग्ल्यान्डमा गरेर शीर्ष डिभिजनको उपाधि जितिसकेका छन्।
सन् २०१९ मा म्यानचेष्टर युनाइटेडले उनलाई लगातारको खराब प्रदर्शन पछि बर्खास्त गरेको थियो।
त्यसपछि इटाली पुगेका जोसे माउरिन्होले एस रोमालाई यसपटक छैठौं स्थानमा दिलाएका छन् भने युरोपा कनफरेन्स लिग उपाधि जितेका छन्।
युरोपको तेस्रो तहको उपाधि जितेसँगै सम्भावित सम्पूर्ण युरोपेली ट्रफि जित्ने माउरिन्हो एकमात्र व्यवस्थापक रहेकाछन्।
तर समयको खेल यस्तो मजाको बनेको छ कि उनले यदि पेरिसको व्यवस्थापकीय जिम्मेवारी सम्हाले मेस्सी र रोनाल्डोलाई क्लबमा प्रशिक्षण दिने पहिलो ब्यबस्थापक बन्नेछन्।
उनले रियल मड्रिडमा आँफु रहदा क्रिस्टियानोको प्रशिक्षक बन्ने अवसर जुराएका थिए।
केही समयअघि रियल मड्रिडको व्यवस्थापक बन्दा क्रिस्टियानो रोनाल्डोलाई मेस्सी भन्दा महान मानेका माउरिन्होले मेस्सी संगको सम्बन्ध कस्तो राख्ने होलान दिवास्वप्न बनेको छ।
सन् २०१२ मा को सर्वश्रेष्ठ भन्ने प्रश्नमा उनले -यदि मेसी विश्वकै सबैभन्दा उत्कृष्ट खेलाडी भए क्रिस्टियानो यस ब्रम्हाण्ड कै उत्कृष्ट हुन् भन्ने अभिव्यक्ति दिएका थिए।
मेस्सी र रोनाल्डोका समर्थकहरुले यस नियुक्तिलाई पनि निकै महत्वका साथ हेरिरहेका छन्।
इटालीमा निकै राम्रो नतिजा बटुलिरहेका जोसेले हाल रोमा छोड्ने कुनै पनि योजना नभएको बताएका छन्।
रोमाको अहिलेको योजना आफूसँगै चलिरहेको र उक्त योजनालाई छाडेर जाने आफूले कुनैपनि मनासय नबनाएको जोसेले प्रतिक्रिया दिइसकेका छन्।