नवयुग श्रेष्ठ : द क्याप्टेन!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| अखिल नेपाल फुटबल संघले नेपाली राष्ट्रिय फुटबल टिमको कप्तानमा नवयुग श्रेष्ठलाई नियुक्त गरिएको छ।

प्रशिक्षक संग विवादमा मुछिएपछि निवर्तमान कप्तान किरण चेम्जोङ राष्ट्रिय टिममा समावेश भएका थिएनन्।

किरण चेम्जोंगको अनुपस्थितिमा एन्फाले बिगत ६ बर्ष देखि राष्ट्रिय टिमको सदस्य रहँदै आएका फरवार्ड नवयुगलाई कप्तानमा चुनेको हो।

ए.एफ.सी कप २०२३ छनौटका लागि कतार जान लागेको नेपाली टिमलाई विदा दिन मंगलबार आयोजित कार्यक्रममा नवयुगलाई कप्तान घोषणा गरिएको थियो।

नेपाली राष्ट्रिय फुटबल टोली बाट ४० क्याप जितिसकेका नवयुगले राष्ट्रिय टोलीका लागि ७ गोल गर्न सफल भएका छन्। 

सन् २०१६ मा वंगलादेशमा भएको बगबन्धु गोल्डकपमा नेपाललाई बिजेता बनाउन मुख्य भूमिका खेलेपछि उनको चर्चा नेपाली फूटबल जगतमा चुलिएको थियो।

त्यसैगरी सन् २०१६ मै भएको दक्षिण एसियाली खेलकुदमा फुटबल तर्फ नेपालका लागि दुई ह्याट्रिक र फाइनलमा एक गोल गरि  प्रतियोगितामा कुल ७ गोल गर्दै नेपाललाई स्वर्ण पदक दिलाएका थिए।

राष्ट्रिय ए डिभिजन लिगमा पनि नेपाल आर्मीका तर्फबाट कप्तान नवयुग पहिलो रोजाइका फरवार्ड बन्ने गरेका छन्। 

पछिल्लो समय भने घुँडाको शल्यक्रियाका कारण मैदानमा निकै कम सक्रिय भएका नवयुगले हाल भने आफ्नो पूर्ण फिटनेस फिर्ता ल्याइसकेका छन्।

प्रशिक्षक सँग विवाद सुरु भएपछि राष्ट्रिय टोलीमा परेनन् नियमित १० खेलाडी भने यसपटक समावेश भएका छैनन्। 

झन्डै एक महिना अघि सुरु भएको राष्ट्रिय टिमका खेलाडी र प्रशिक्षकबीचको विवादपछि खेलाडीको समर्थनमा किरण पनि देखिएका थिए।

बिगत एक दशक यता राष्ट्रिय टोलीमा रहेर मेहेनत गर्दा एन्फाले अहिले आएर टोलिबाट निकाल्दै अपमान गरेको भनेर किरणले गत साता बताएका थिए।

एन्फाले भने किरणलाई कुनै खबर नगरी राष्ट्रिय टिममा समावेश गरिएको थिएन। नवयुगलाई टिम कप्तान नियुक्त गरिएको एन्फा अध्यक्ष शेर्पाले बताए।

 

 

 

Leave a Reply

Next Post

गौतम बुद्ध अन्तरास्ट्रिय क्रिकेट मैदान बनाउन सरकारले सहयोग गर्ने

Wed May 25 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट मैदानलाई आफ्नो प्राथमिकतामा राखेको छ।  नेपाल सरकारले आउँदो सत्रबाट अन्तर्राष्ट्रिय क्रिकेट मैदानको स्तरोन्नति तथा मर्मतका लागि आफ्नो तर्फबाट पनि सहयोग गर्ने बताएको छ।  यसअघि भरतपुर उपमहानगरपालिकाकि मेयर दाहालले पनि महानगरले यो परियोजनालाई मुख्य प्राथमिकता दिने बताइसकेकी छिन्। कोभिड […]
%d bloggers like this: