नेपाल क्रिकेट सङ्घलाई अघि बढ्ने एक मौका!

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| नेपाल क्रिकेट सङ्घ क्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै कन्ट्रोल फन्डिङ पूर्ण रुपमा फुकुवा भएको जनाएको छ।

तीन वर्ष अगाडि आईसीसीले निलम्बन फुकुवा गरेपनि क्यानलाई कन्ट्रोल फन्डिङमा राखेको थियो।

आईसीसीको सम्पूर्ण मापदण्ड पूरा गर्दै आर्थिक पारदर्शिता र कार्यसम्पादन गरेको मुल्यांकनको आधारमा आईसीसीले कन्ट्रोल फन्डिङ पूर्ण रुपमा हटाएको क्यानले जनाएको छ।

कन्ट्रोल फन्डिङ फुकुवासँगै नेपालले आईसीसीबाट अन्य एकदिवसीय मान्यता प्राप्त राष्ट्र सरहको आर्थिक अनुदान र गतिविधि गर्न पाउने छन्।

कन्ट्रोल फन्डिङ फुकुवासँगै क्यानमाथिको आईसीसीको सबै प्रतिबन्ध हटेको छ।

सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचनलगायतका विभन्न विषय देखाउँदै आइससिीले २०७३ वैशाखमा क्यानमाथि निलम्बन गरेको थियो। 

२०७२ को मंसिरमा क्यानको निर्वाचनले चन्दलाई नै अध्यक्षका रुपमा निर्वाचित गरेपछि पछिल्लो विवाद सुरु भएको थियो।

 नेपालको अन्तरिक विवादका कारण आइसिसीले २०७३ वैशाखमा क्यानमाथि प्रतिबन्ध लगाएको थियो।

सम्पूर्ण प्रतिबन्ध फुकुवा गरे सँगै नेपाल क्रिकेट संघले अब कार्ययोजनालाई थप मजवुत बनाउँदै लैजानुपर्ने आवश्यकता रहेको छ।

घरेलु संरचनात्मक विकासका लागि अन्तर्राष्ट्रिय क्रिकेट परिषद वाट अाउने रकमले नेपाल क्रिकेट संघ थप पारदर्शीता देखाउँदै उचित लगानी गर्न सकेमा, नेपाली क्रिकेटको भविष्य उज्ज्वल देखिन्छ।

बजेट अभावका कारण नेपाल क्रिकेट संघले घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरुमा पटकपटक गर्न नसकेको मिडियामा बताउने गरेको छ।

यसरी बजेट अभावका कारण प्रतियोगिताहरू समयमै गर्न नपाउँदा नेपाली खेलाडीहरुले सोचेअनुसारको नतिजा ल्याउन सफल भइरहेका छैनन्।

खेलाडीमात्र नभई प्रशिक्षक तथा खेलकुदको विकासका लागि गर्नुपर्ने आवश्यक लगानीको कमी हुँदा एक समय फड्को मारिसकेको नेपाली क्रिकेटले केही कदम पछि देखिएको छ।

आर्थिक अपारदर्शितामा नेपाल क्रिकेट संघ पटक पटक मुछिने गरेको छ।

उपलब्ध भएका बजेटमा पनि पटक-पटक भ्रष्टाचार र अपारदर्शिता देखाएका कारण क्रिकेट अघि बढ्न नसकेको जानकारहरूको भनाइ रहेको छ। 

यो निलम्बन फुकुवा क्रिकेटको उज्ज्वल भबिष्यका लागि सुनौलो मौका बन्न सक्छ

 

 

 

 

Leave a Reply

Next Post

पोग्बा युभेन्टस फर्कदै

Wed Jun 15 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| फ्रान्सेली मिडफिल्डर पल पोग्बा पुनः इटालीयन महारथी युभेन्टस फर्केने भएका छन्।  सन् २०१६ मा जोसे माउरिन्होको पहिलो तथा महँगा ट्रान्सफर बनेर म्यानचेस्टर युनाईटेडमा उनको फिर्ती भएको थियो। उक्त समयमा संसारका सबैभन्दा महंगा ट्रान्सफरका रुपमा ओल्ड ट्राफर्ड भित्रिएका पोग्बा, प्रशिक्षक जोसेसंग नमिठो सम्बन्धका कारण चर्चाको बिन्दु बनेका थिए। […]
%d bloggers like this: