स्पेन भ्रमण अघि, नेपालले जुलाईको पहिलो साताबाट प्रशिक्षण सुरु गर्ने !!

Sandeep Lamichhane takes a wicket against malaysia

हाम्रो नेपाल स्पोर्ट्स काठमान्डौ | नेपालले जुलाईको पहिलो सातबाट बन्द प्रशिक्षण सुरु हुने !!

आइसीसी विश्व क्रिकेट लिग २ को दोस्रो राउण्ड अन्तर्गतका खेलहरुमा प्रतिस्पर्धा गर्न नेपालले २०-२२ दिनको लामो प्रशिक्षण गर्ने छ। सो प्रशिक्षणका निम्ति नेपाली टोलीले जुलाईको पहिलो सातामा, बाहिरको देशको भ्रमण गर्ने छ।

उक्त राउण्ड अन्तर्गत नेपालले, स्कटल्याण्ड र नामिबिया संङ्ग त्रिकोणात्मक शृंखला खेल्ने छ। सो शृंखला जुलाई २०-२२ बाट सुरु हुने छ। त्यति क्रिकेट नखेलिने ठाउमा भेन्यु परेकाले सबै टोलीहरुले धेरैकुराहरुको बिचार गरेर प्रतियोगितामा अगाडी बढ्नु आवश्यक छ। कोभिड-१९का कारणले होस्ट हुनपर्ने स्थानमा उचित स्थिति नभएकाले , शृंखलालाइ स्पेनमा सारिएको हो।

Kamal singh airee takes wicket against netherlands

लिगको अंक तालिकामा, नेपाल छैठौ स्थानमा रहेको छ भने अन्तिम स्थानमा पीएनजी रहेको छ। तालिकाको पहिलो स्थानमा ओमन, दोस्रोमा अमेरिका,तेस्रोमा स्कट्ल्यनड, चौथोमा नामिबिया र पाचौमा युएइ रहेको छ। यस प्रतियोगिता अन्तर्गत नेपालले अहिले सम्म चारवटा खेल मात्रै खेलेको छ भने, ओमनले १०, अमेरिकाले १२, स्कट्ल्यनडले ८, नामीबिया र युएइले ७ र पपुवा न्यु गिनीले ८ खेल खेलेका छन्।

पहिलो बन्द प्रशिक्षणका लागि क्यानले २२ टोलीलाई बोलाएको छ।

क्यानका कमिटि सदस्य, छुम्बी लामाले भने अनुसार, “नेपालले युएइ, ओमन अथवा नेदरल्यान्ड्समा आफ्नो प्रशिक्षण गर्ने छ।

Leave a Reply

Next Post

३ बर्षे सम्झौता अन्तर्गत विजनाल्डम पिएसजीसङ्ग अनुबन्धित !!

Thu Jun 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स , काठमाडौ | विजनाल्डम पिएसजीसङ्ग अनुबन्धित !! विजनाल्डम बार्सिलोनासङ्ग अनुबन्धित हुने धेरै सम्भावना देखिए पनि अन्तिम समयमा आएर पिएसजिले सम्झौता हात पारेको हो। जियोर्जिनोले पेरिससङ्ग तीन बर्षको कन्ट्र्याक्ट गरेका छन । उनको तलब भने धेरै फराकिलो किसिमले बढ्ने भनेर क्लबले जनाएको छ। २०१६ मा न्युक्यासल युनाइटेडबाट लिभरपुलमा […]
Wijnaldum has moved to PSG
%d bloggers like this: