हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| क्यानडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले ओनटारियो विरुद्धको टि ट्वान्टी अभ्यास खेलमा ५५ रनको जित हात पारेको छ।
नेपालले दिएको २१० रनको विजयी लक्ष्य पछ्याएको ओन्टारियो टोली निर्धारित १९.३ ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो।
उसका लागि भरुण सेहदेबले ५० रनको अर्धशतकीय इनिङ खेले ।यस्तै नरेश बुढाऐरले ४१ रन जोड्दा जाडे पाडेमोरले ३७ रन बनाए ।
नेपालका तर्फबाट करण केसीले ४ ओभरमा ३२ रन दिँदै एक विकेट लिए भने सोमपाल कामीले ४ ओभरमा २ विकेट लिए।
त्यसैगरि आदील आलम र किशोर महतोले १/१ विकेट लिए।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलको बिस्फोटक ब्याटिङको मद्धतले २० ओभरमा ४ विकेट गुमाउँदै २०९ रन जोडेको थियो।
ओपनर कुशल भुर्तेल पुनः एकपटक सस्तैमा पेभिलियन फर्कन पुगेका थिए। उनले केवल ४ रन जोडे।
उनीसँगै ब्याटिङ गर्न आएका माथिल्लो क्रमका ब्याट्सम्यान पवन सर्राफले ३ बलमा ३७ रन बनाउदै आउट हुन पुगे।
देव खनालले २० रनको योगदान दिँदा, दिपेन्द्र सिंह ऐरीले २७ बलमा ६ चौका र २ छक्काको मद्दतले ५४ रन बनाए।
नेपालका लागि सर्वाधिक रन बनाउने क्रममा रोहित पौडेलले ३१ बलमा ५ छक्का र पाँच चौका सहित ७१ रनको शानदार पारी खेले।
स्थानीय टोलि ओन्टारियो टोलीका लागि रेमाण्ड, बरुण, किनान र हसनले १-१ विकेट लिए।
अब नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ५ र दोस्रो एकदिवसीय जुलाई ६ मा हुनेछ।
क्यानडा विरुद्धको श्रृंखला सकेपछि नेपाली राष्ट्रिय क्रिकेट टोली स्कटल्याण्ड र नामिबिया विरुद्धको एकदिवसीय सिरिजका लागि त्यसतर्फ प्रस्थान गर्नेछ।