यु-२३ एसियन कपको समूह विभाजन सम्पन्न, यस्तो छ नेपालको खेल तालिका :

हाम्रो नेपाल स्पोर्ट्स, काठ्माण्डौ। एएफसी यु-२३ एसियन कप छनोटका लागि समूहहरु छुट्टाइएको छ।

४३ वटा टोलिहरुलाइ ११ समूहमा बाढिएको छ र उक्त समूहहरुबाट १५ वटा टोलिले यु-२३ एसियन कप २०२३ मा भाग लिन पाउने छन्। उज्बेकिस्तानले भने आफ्नो स्थान निश्चित गरिसकेको छ, प्रतियोगिता उसलेनै आयोजना गर्ने भएको कारणले,उसको सिधै छनोट भएको हो।

समूह विभाजन अन्तर्गत दुइ रिजनहरु बनाइएको छ : इस्ट रिजन, वेस्ट रिजन। वेस्ट रिजनमा २३ टोलिहरु जोडिएका छन् भने इस्ट रिजनमा १९ टोलिहरु जोडिएका छन्। छनोट प्रतियोगीता २०२१ को अक्टोबरमा आयोजना हुने छ।

अक्टोबर २३ बाट सुरु भइ ३१ तारिकसम्म चल्न प्रतियोगिताका ११ समूह बिजेता र चार उत्कृष्ट दोस्रो स्थानमा भएका टोलिसहित १५ जना टोलिले एसियन कपमा आफ्नो यात्रा तय गर्ने छन् ।

Group Division

नेपाली टोलि भने वेस्ट तर्फको समूह ‘बि” मा रहेको छ। उक्त समूहमा नेपाल सहित, रिपब्लिक इरान, ताजिक्स्तान, लेबनान रहेका छन् र यी मध्येको पहिलो टोलिले प्रतियोगितामा फाइनल स्थान बनाउने छ।

नेपालको खेल तालिका यस प्रकार छ :

२७ अक्टोबर, २०२१, बुधबार : नेपाल बिरुद्द रिपब्लिक इरान

२९ अक्टोबर, २०२१, शुक्रबार : नेपाल बिरुद्द ताजकिस्तान

३१ अक्टोबर, २०२१, आइतबार : नेपाल बिरुद्द लेबनान

Nepal vs Chinese Taipei

अक्टोबरबात सुरु हुने छनोट प्रतियोगिताका लागि ताजकिस्तान जाने छ। पछिलो समयको इतिहास हेर्दा, नेपालले अहिले सम्म छनोट राउण्ड पार गर्न सकेको छैन। यसपटकको टोलिमा भने, राष्ट्रिय खेलाडीहरु संलग्नहरु हुने छन्: अभिषेक रिजाल, सुमन अर्याल, मनिष डाँगी, दीप कार्की, अर्पण कार्की, सेसेहाङ आङदेम्बे, राजीव लोप्चन लगायतका खेलाडीहरु पनि समाबेश हुने छन।

Leave a Reply

Next Post

पेरुबिरुद्द संघर्षपुर्ण जित हासिल गरेको कोलोम्बियालाइ तेस्रो स्थानको उपाधी !!

Sat Jul 10 , 2021
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौ | आज बिहान भएको कोलोम्बिया र पेरु बिचको खेलमा रोमान्चक भएको थियो। सेमिफाइनलमा अर्जेन्टिनाबिरुद्द पराजित भएको कोलोम्बिया र ब्राजिल बिरुद्द पराजित भएको पेरुले तेस्रो उपाधीका लागि आज आमने सामने गरेका थिए। अर्जेन्टिना बिरुद्दको खेलमा पेनाल्टी सम्म पुगेको खेल अन्तर्गत, पेनाल्टी शुटमा राम्रो प्रदर्शन गर्न नसकेर फाइनल […]
%d bloggers like this: