आज भारत विरूद्ध रोमान्चक प्रतिस्पर्धा

हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| साफ यु २० फुटबल प्रतियोगिता अन्तर्गत आज नेपालले प्रतियोगिताको साविक विजेता भारत विरुद्ध प्रतिस्पर्धा गर्दैछ।

तालिकामा दोस्रो स्थानमा रहेको नेपालले आज जित निकाल्न सकेमा, प्रतियोगिताको फाइनलमा पुग्ने सम्भावना निश्चित देखिन्छ। 

भारतले भने प्रतियोगितामा रहिरहनका लागि नेपाल विरुद्ध आज शतप्रतिशत जितको खाँचो छ।

पहिलो खेलमा माल्दिभ्सलाई ४-० र दोस्रो खेलमा श्रीलंकाविरुद्ध ३-० को जित निकालेको नेपाली टोली आज पनि जितको सिलसिलालाई निरन्तरता दिने होडमा छ।

भारतले भने पहिलो खेलमा बङलादेश विरुद्ध २-१ को पराजय व्यहोरेको थियो भने दोस्रो खेलमा माल्दिभ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको थियो।

आज नेपालविरुद्ध हार व्यहोरेको खण्डमा भारत प्रतियोगिताबाट बाहिरिनेछ तसर्थ भारतलाई नेपालविरुद्ध जुनसुकै हालतमा अंक बटुल्न आवश्यक छ। 

प्रतियोगितामा दुवै खेल हारिसकेको श्रीलंकाविरुद्ध भारतीय टोलीले तुलनात्मक रुपमा सहज जित हात पारे पनि नेपालविरुद्धको खेल कठिन रहेको छ।

नेपालका विरुद्ध पनि आफूहरूले उत्कृष्ट रणनीति बनाउँदै जित्नकै लागि मैदानमा उत्रने उनको भनाई रहेको छ। 

 ‘हामीले बाँकी खेलमा उत्कृष्ट खेल्नुपर्छ, जित निकाल्ने सके हाम्रो लक्ष्य पनि पूरा हुनसक्छ।’

“आइतबार नेपाल र मंगलबार माल्दिभ्सविरुद्ध खेल्ने तालिका छ । ती सबै खेलमा जित निकाल्ने तरिकाले खेल्नुपर्छ,’ उनले भने।

नेपालका प्रशिक्षक केसीले नेपाली टोली योजना बनाएर आएकाले अन्य खेलजस्तै भारतको खेलका लागि पनि तयार रहेको बताए।

 ‘नेपालबाट आउँदा नै हामी सबै ४ टोलीसँग खेल्न आएका हौं । नेपाल हुँदा नै हामीलाई तेस्रो खेल भारत र चौथो बंगलादेशसँग खेल्ने भन्ने थाहा थियो । 

हाम्रो टिमले एकजुट भएर मिहिनेत गरेको छ,’ उनले भने, ‘त्यो अनुसार प्रदर्शन हुनेमा ढुक्क छु । हामी विना योजना आएको पनि होइन।

 त्यसैले सबै चार टिमलाई बलियो प्रतिस्पर्धीको रुपमा लिएको छु र सबैलाई हराउने गरी मिहिनेत गर्नुपर्छ ।’ उनले थपे।

खेल नेपाली समयअनुसार बेलुकि ७ बजे सुरु हुनेछ। 

 

Leave a Reply

Next Post

म्यानचेस्टर युनाईटेडमा सर एलेक्स फर्गुसनको पुनरागमन

Sun Jul 31 , 2022
हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौँ| कीर्तिमानी १३ पटक इङलिस प्रिमियर लिग विजेता रहेका सर एलेक्स फर्ग्युसन म्यान युनाईटेडमा फर्किएका छन्। क्लबका प्रमुख कार्यकारी रिचर्ड अर्नोल्डले  सर एलेक्स फर्ग्युसन म्यानचेस्टर युनाइटेडमा बोर्डमा पुनः सामेल गराएका हुन। अर्नोल्डले फर्गुसन, पूर्व सीईओ डेभिड गिल, पुर्व कप्तान ब्रायन रोबसन र फुटबल निर्देशक जोन मुर्टफलाई समावेश […]
%d bloggers like this: