हाम्रो नेपाल स्पोर्ट्स, काठमाडौं| एसियन कप छनोट अन्तर्गत नेपालले आज इन्डोनेसिया विरुद्ध प्रतिस्पर्धा गर्दैछ ।
कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले समूह चरणको तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्नेछ।
पहिलो र दोस्रो खेल दुवैमा पराजित भइसकेको नेपाल एएफसी छनोट चरणबाट बाहिरिसकेको छ।
पहिलो खेलमा जोर्डन बिरुद्ध २-० ले पराजित भएको नेपालले कुबेत विरुद्ध दोस्रो खेल ४-१ गोल अन्तरले गुमाएको थियो।
आजको खेल प्रतिष्ठाका लागि भएपनि नेपाली टोलीको अपेक्षा भनेको राम्रो प्रदर्शनसँगै अङ्क बटुल्नु हुनेछ।
अन्तराष्ट्रियस्तरमा नेपालले इन्डोनेसिया विरुद्ध आज दोस्रो खेल खेल्दैछ।
यस अघि नेपालले इन्डोनेसियासँग एक मैत्रीपूर्ण खेल खेलेको थियो ।
सन् २०१४ को जुन २५ मा भएको मैत्रीपूर्णमा इन्डोनेसियाले २-० को जित निकालेको थियो।
जारि छनोट चरणको समूह चरणमा शीर्षस्थान हात पार्ने टोलीले आसन्न एसियन कपमा सोझैँ प्रवेश पाउने छ।
दोस्रो स्थान हात पार्ने टोलीको सम्भावना पनि उत्तिकै रहेको छ. समूह चरणमा दोस्रो स्थान हातपार्ने टोलिहरूबीच अर्को प्ले अफ खेल खेलाइनेछ।
छनोटको समूह ‘ए’ मा रहेको नेपाल अंक विहीन रहदै पुछारमा रहेको छ। इन्डोनेसिया २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ।
कुवेतलाई हराएको इन्डोनेसिया जोर्डनसँग भने पराजित भएको थियो। समूह चरणमा ६ अंक बटुलिसकेको जोडन अर्को रहन पुग्ने निश्चित देखिन्छ।
आफ्नो अन्तिम खेलमा केवल एक अङ्क जोडेको पुग्ने अवस्थामा जोर्डनलाई हार टार्नु प्रमुख चुनौति रहेको छ।
कुवेत विरुद्धको आफ्नो अन्तिम खेलमा २ गोल अथवा माथिको अन्तरको पराजय बेहोरेको खण्डमा भने जोर्डनले शिर्ष स्थान गुमाउन सक्नेछ।
कुवेत बिरुद्धको हार र इन्डोनेसियाले नेपाललाई भारी अन्तरले पराजित गरे जोर्डन समुह चरणबाटै घर फर्कन सक्नेछ।
नेपाल र इन्डोनेसियाको खेल नेपाली समयअनुसार बेलुकी एक बजे खेलाईनेछ।